स्टार्टअप कम्पनी ब्याट्रीको नयाँ इलेक्ट्रिक स्कूटर जीपीएस:आई भारतीय बजारमा सार्वजनिक

  • Technology Khabar | १५ जेष्ठ २०७७, बिहीबार
स्टार्टअप कम्पनी ब्याट्रीको नयाँ इलेक्ट्रिक स्कूटर जीपीएस:आई भारतीय बजारमा सार्वजनिक

काठमाडौं ।

भारतीय स्टार्टअप कम्पनी ब्याट्रीले भारतीय बजारमा एउटा नयाँ इलेक्ट्रिक स्कूटर जीपीएस:आई (gps:ie) लन्च गरेको छ ।

कम्पनीले यसलाई क्यालिफोर्नियामा आधारित एरिस कम्युनिकेसनको साथमा मिलेर विकसित गरेको हो ।

यो एक किफायती ईन्टरनेट जडान गरिएको इलेक्ट्रिक स्कूटरको रूपमा बजारमा लन्च गरिएको छ। यसमा सिम कार्ड सपाोर्ट उपलब्ध छ। जसको कारणले स्कुटरको स्मार्ट कार्यहरूलाई आधिकारिक एपमार्फत स्मार्टफोनबाट नियन्त्रण गर्न सकिन्छ। यसको अधिकतम रेन्ज ६५ किलोमिटर हो।

यसको मूल्य ६४९९९ भारु तोकिएको छ ।

यसमा जीपीएस ट्र्याकिङ्ग, रिमोट इम्भोबिलाइजेशन, ड्राइभर बिहेबियर रिपोर्ट, यात्रा रिपोर्ट, जियोफेन्स, डिभाइस म्यानेजमेन्ट र सुरक्षित पार्क जस्ता फीचरहरु राखिएको छ ।

यो स्कुटरमा ४८ भोल्टको लिथियम फेरो फास्फेट ब्याट्री छ भने पूर्ण चार्ज हुन को लागी को लागी लगभग साढे दुई घण्टा लाग्छ । स्कूटर दुई रंगमा उपलब्ध छ – रातो र निलो। एजेन्सीका साथ

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...