माइक्रोसफ्टले ल्यायो फ्यामिली सेफ्टी एप, बालबालिकाहरुको स्क्रिन गतिबिधि अनुगमन गर्न सकिने

  • Technology Khabar | ३१ बैशाख २०७७, बुधबार
माइक्रोसफ्टले ल्यायो फ्यामिली सेफ्टी एप, बालबालिकाहरुको स्क्रिन गतिबिधि अनुगमन गर्न सकिने

काठमाडौं ।

माइक्रोसफ्टले हालै परिवारको सुरक्षाका लागि फ्यामिली सेफ्टी एप बनाएको छ। यो एपको माध्यमबाट अभिभावकहरूले आफ्ना बच्चाहरूको स्क्रिन समयलाई व्यवस्थित गर्न सक्नेछन्।

यो एप मार्चमा घोषणा गरिएको थियो, हाल यो एप एन्ड्रोइड र आईओएसको लागी पनि उपलब्ध गरिएको छ।

यस एपको माध्यमबाट, अभिभावकहरूले बच्चाहरूको स्क्रिन टाइमका साथसाथै उनीहरूका बच्चाहरूले के हेरिरहेका छन् भनेर हेर्न पनि सक्षम हुनेछन्।

सेफ्टी एपमा लोकेसन शेयरिङ्ग  फीचरका साथै सुरक्षित ड्राइभिङ्ग जस्ता फिजिकल सेफ्टी फीचरहरू पनि राखिएको छ।

माइक्रोसफ्टकाअनुसार यो एपको माध्यमबाट आमा बुबाले आफ्ना बालबालिकाहरुको गतिबिधि हेर्न सक्नेछन् । यसका साथै बालबालिकाले पनि आफ्ना आमाबुवाको गतिविधि हेर्न सक्नेछन्।

यसम जो कोही पनि कुराकानीको अंश बन्न सक्छ। यो एपले प्रयोगकर्तालाई डाटा म्यानेज गर्न समेत अनुमति दिनेछ।

स्क्रिन टाइमको लिमिटको सेटिङ्गस  विन्डोज र एक्सबक्स डिभाईसहरु विशेष एप्स वा गेम्समा लागू हुनेछ। तपाईँले एपमा साइन अप गरेर तपाईँको अनुभवको आधारमा प्रतिक्रिया दिनसक्नुहुनेछ।

प्रकाशित: ३१ बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार