
काठमाडौं ।
कोभिड१९ महामारीले विश्व अर्थतन्त्र नै धरासायी हुन लागेको बेलामा कयौं मानिसहरु बेरोजगार र गरिबीको रेखामुनी जाँदैछन् । तर विश्वका धनाढ्यहरु भने यहि महामारीले नै थप धनी हुँदैछन् ।
हालै सार्वजनिक इन्स्टिच्यूट फर पोलिसी स्टडिजको एक रिपोर्टअनुसार कोभिड १९ महामारीको समयभित्रै अमेरिकाका अर्बपतिहरुको सम्पत्ति थप वृद्धि भएको छ । रिपोर्टअनुसार अमेजन डटकम इंकका संस्थापक जेफ बेजोस र टेस्ला इंकका प्रमुख एलन मस्कको सम्पत्तिमा मात्रै करिब १० प्रतिशतले बढेको छ ।
विश्वकै धनी जेफ बेसोज टेक्नोलोजी क्षेत्रबाटै रकम आर्जन गरिरहेका छन भने अर्का धनाढ्य एलन मस्कले पनि टेक्नोलोजी क्षेत्रमा नै आबद्ध छन्।
अझ यसमा अर्का अर्बपति भएका व्यक्ति जूमका संस्थापकको नाम पनि रहेको छ । मानिसहरु घरमा नै बसेर भिडियो कन्फ्रेन्सिङ्ग सर्भिस प्रयोग गरिरहेको बेला जूमको माग उच्च रहेको छ । जसले गर्दा जूमका संस्थापकको समेत सम्पत्ति यहि महामारीको बेलामा वृद्धि भएको छ ।
जनवरी १ देखि अप्रिल १० तारिखसम्मको अवधिको तथ्यांक विश्लेषणअनुसार अमेरिकाका ३४ जना अर्बपतिहरुको खुद सम्पत्तिमा दशौं लाख डलर वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।
सो रिपोर्टअनुसार बेजोस, मस्क र जूमका संस्थापक एरिक यूआनको खुद सम्पत्तिमा मात्रै १ अर्ब डलरको वृद्धि देखिएको छ । एजेन्सी
प्रकाशित: १२ बैशाख २०७७, शुक्रबार