धराशायी हुन लागेको भन्दै नेपाली स्टार्टअपहरुद्धारा राहत प्याकेज ल्याउन सरकारसँग माग

Technology Khabar ११ बैशाख २०७७, बिहीबार

काठमाडौं ।

नेपाली स्टार्टअपहरुले कोरोनाभाइरस महामारीबाट धराशयी हुने अवस्थामा पुगेको भन्दै राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।

हाल संचालनमा रहेका स्टार्टअपहरुले सरकारसँग संयुक्तरुपमा करमा राहत, ब्याजमा राहत, भाडामा राहत, ऋणमा पहुँचलगायतका माग राखेका छन् ।

कोभिड-१९ को महामारीले प्रारम्भिक चरणमा रहेका स्टार्टअप कम्पनीहरु बन्द हुने अवस्थामा रहेको र स्थापित कम्पनीहरुपनि आगामी ४ देखि ६ सातामा शुरु हुने अवस्था नभएको खण्डमा बन्द गर्नुपर्ने बाध्यता आईपर्ने र त्यसले कर्मचारी कटौती हुँदा बेरोजगारी बढ्ने चेतावनी समेत दिएका छन् ।

प्रारम्भिक चरणमा रहेका स्टार्टअप कम्पनीहरु बन्द हुने जोखिम बढेको र बजारमा बलियो उपस्थिति देखाएका स्थापित स्टार्टअपहरु नगदको मौज्दातमा कमी आएकाले यसलाई समाधान दिन र स्टार्टअपलाई बचाउनका लागि राहतका प्याकेज ल्याउन माग गरेको हो।

उनीहरुले विभिन्न देशहरुले स्टार्टअपलाई दिएको र दिन लागेको सहयोग र राहतको चर्चा गर्दै नेपालमा पनि विभिन्न क्षेत्रमा राहत दिन सरकारसँग अनुरोध गरेको छन् ।

कोभिड१९ नेपाल स्टार्टअप सहयोग योजना नाममा जतिसक्दो चाँडो राहत दिन र कोभिड १९ को असर रहेसम्म उपयोग गर्ने सुबिधा दिन समेत अनुरोध गरेका छन् ।

यो योजना मूलत स्टार्टअपहरुलाई उनीहरुको अलपकालिन वित्तीय दायित्वहरु पुरा गर्नको लागि सहयोग गर्न तर्जुमा गरिएको हो । साथै उनीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्नुपर्ने सम्मान पनि दिउन जसले गर्दा आगामी दिनमा स्टार्टअप कम्पनीहरुलाई परियोजना वा स्टार्टअपमा ऋण प्रदान गर्न, चलाउने पूँजीको ऋण दिने जस्ता सवालमा पनि सहज हुन्छ भन्ने पनि अपेक्षा राखिएको छ।

उनीहरुले नेपालका करिब ४०० स्टार्टअपहरु प्रभावित भएको दाबी गरेका छन् ।

सो राहत प्याकेज माग गर्ने स्टार्टअपहरुमा आईएमई, खल्ती, रिआण्डा बिजसर्भ, जेनेसिस सलुसन, योङ्ग इनोभेसन्स, समृद्धि फाउण्डेसन, फ्याक्ट्स नेपाल, फुडमाण्डु, किङ्गस कलेज, होटल र्याडिसन, टूटललगायतका ४६ वटा स्टार्टअपहरु रहेका छन् ।

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया