Technology Khabar २७ चैत्र २०७६, बिहीबार
काठमाडौं ।
नेपाली सेनाले कोभिड-१९ को नियमित अनुगमनका लागि तयार पारेको मोबाइल एपमा हालसम्म २१ सय भन्दा बढिले दर्ता गरेका छन् ।
सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ विरुद्धको प्रतिकार्य गर्नको लागि तयार पारिएको एनएकोभिड-१९ रेस्पोन्स एप(COVID-19 Response App –Nepal) मा हालसम्म २,१५४ जनाले दर्ता गरेकोमध्ये ४६ जनालाई टेलिफोनद्धारा सम्पर्क गरीएको जानकारी दिएको छ ।
ती सम्पर्क भएकालाई मेडिकल परामर्श गरिएको बताईएको छ ।
त्यसैगरि नेपाली सेनाले कोभिड-१९ विरुद्ध कार्य गर्नका लागि क्राईसिस म्यानेजमेन्ट सेन्टरअन्तरगत कल सेन्टर स्थापना गरेको छ । सो कल सेन्टरले चैत १ गतेदेखि हवाई तथा स्थल मार्गबाट नेपाल आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्र्याकिङ्ग गरि बिबरण संकलन र विश्लेषण गर्ने बताईएको छ ।
हाल कल सेन्टरमा २५ जना सम्पर्क स्टाफ खटाईएको र कल सेन्टरले पहिलो चरणमा सम्बन्धित व्यक्तिहरुलाई ट्रयाकिङ्ग गरि निजहरुको स्जास्थ्य अवस्था र अन्य सम्पूर्ण आवश्यक जानकारी हासिल गर्ने नेपाली सेनाले जनाएको छ ।
यसअघि सेनाले तयार पारेको मोबाइल एपको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाईमा कोरोनाभाइरस सम्बन्धि कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन मिल्ने व्यवस्था गरिएको जानकारी दिएको थियो ।
साथै सो एपमार्फत प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने उल्लेख गरेको थियो । सो एप एन्ड्रोएड प्लेटफर्ममा मात्र उपलब्ध रहेकोछ ।
प्रकाशित: २७ चैत्र २०७६, बिहीबार