Technology Khabar २६ चैत्र २०७६, बुधबार
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो ‘स्टे कनेक्टेड’ डाटा अफरको अवधि थप गरेको छ । कम्पनीले आजबाट सकिने डाटा सेवाको अफरलाई भोलीदेखि आगामी अप्रिल १६ तारिख अर्थात २०७७ बैशाख ४ गतेसम्म बिस्तार गरेको हो ।
कम्पनीले अहिले स्टे कनेक्टेड अफर अन्तरगत डाटा सेवा उपलब्ध गराईरहेको छ । सो अफरमा १०० रुपैयाँमा ४ जीबी डाटा प्रयोग गर्न सकिन्छ भने २०० रुपैयाँ तिरेर १० जीबी डाटा लिन सकिनेछ ।
कम्पनीले हालै आफ्नो आधिकारीक ट्विटर ह्याण्डलबाट सो जानकारी दिएको हो ।
टेलिकमकाअनुसार ४जीबी डाटाको समयावधि ५ दिनको हुनेछ भने १० जीबी डाटा अफरको अवधि ७ दिन तोकिएको छ ।
Stay Connected Offer – Data :: NOW EXTENDED
Get 4 GB Data @ Rs.100 and 10 GB Data @ Rs.200
Offer valid from 9th to 16th April
For subscription, dial *1415*10# or visit https://t.co/PoJN3cpbvJ or use Nepal Telecom App#StayHome #StayConnected #NepalTelecom pic.twitter.com/1W6fE25UWG
— Nepal Telecom (@ndcl_nt) April 8, 2020
सो डाटा प्याक लिनका लागि ग्राहकहरुले स्ट्रिक्स१४१५स्ट्रिक्स१०ह्यास (*1415*10#) डायल गरेर लिन सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित: २६ चैत्र २०७६, बुधबार