एप्पलको आपूर्तिकर्ता कम्पनी फक्सकनको नाफा मार्चमा ७.७ प्रतिशतले घट्यो

Technology Khabar २५ चैत्र २०७६, मंगलवार

काठमाडौं ।

फक्सकनको नामले चिनिने एप्पलका उत्पादनहरुको आपूर्तिकर्ता कम्पनी होन हाई प्रिसियस इण्डस्ट्रिको मासिक नाफा ७.७ प्रतिशतले घटेको छ । ताइवानी कम्पनीको नाफा मार्च महिनामा ७.७ प्रतिशतले कमी आएको हो ।

विश्वको सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निमार्ता कम्पनीको सो महिनाको आम्दानी ३४७.७ बिलियन ताइवानी डलर रहेको छ,जून गत वर्षको सोहि अवधिको ३७६.६ बिलियन ताइवानी डलरभन्दा कम हो ।

कम्पनीले आफ्नो आम्दानीको बारेमा स्टक एक्सचेन्जमा दर्ता गरेको फाइलमा उल्लेख गरेको छ ।

यसका साथै गएको जनवरीदेखि मार्च महिनासम्मको कुल आम्दानी ९२९.७ बिलियन ताइवानी डलर रहेको छ जून अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १२.०६ प्रतिशत कम हो ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीले गर्दा कम्पनीले सन् २०१९ को पछिल्लो तीन महिनाको नाफामा २३.७ प्रतिशत कमी आएको जानकारी दिएको थियो । एजेन्सी

प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया