यसरी पड्कियो रियलमी ५ स्मार्टफोन, फोन गोजीमा पड्किँदा पनि सुरक्षित रहे भारतीय यूजर

  • Technology Khabar | १४ चैत्र २०७६, शुक्रबार
यसरी पड्कियो रियलमी ५ स्मार्टफोन, फोन गोजीमा पड्किँदा पनि सुरक्षित रहे भारतीय यूजर

काठमाडौं ।

केहि साता अघि मात्रै भारतमा शाओमी रेडमी नोट ७ प्रो स्मार्टफोन ब्लास्ट भएको समाचार आएको थियो । अहिले भने फेरी अर्को ब्राण्डको स्मार्टफोन भारतमा नै ब्लास्ट भएको समाचार आएको छ ।

भारतको हरियाणाको भिवानी जिल्लाका एक व्यक्तिको रियलमी ५ स्मार्टफोन पड्किएको छ। ती युवकले सो स्मार्टफोन आफ्नो गोजिमा राखेर खेतमा जाँदै गरेको बेला पडकिएको हो । उनले सो स्मार्टफोन तत्काल गोजीबाट झिकेर बाहिर फ्याँकेका थिए ।

यूजर्सकाअनुसार सो फोन पूरै काम नलाग्ने भएको छ भने कम्पनीको सर्भिस सेन्टरमा उनीसँग अर्को फोन लिनका लागि ५० प्रतिशत रकम माग गरिएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार हरियाणाका अमित नामक युवक खेतमा जाँदै गरेको अवस्थामा उनको प्यान्टको गोजीमा रहेको स्मार्टफोन तातेको थियो ।

रियलमी ५ स्मार्टफोन तातेको अनुभव भएसँगै उनले बाईक रोकेर सो स्मार्टफोन गोजीबाट बाहिर फ्याँकेका थिए । त्यसबेलासम्म उनको प्यान्ट र छाला जलिसकेको थियो ।

उनले आफूले आधिकारीक चार्जरले नै स्मार्टफोन चार्ज गर्ने गरेको बताएका थिए ।

 

Realme Smartphone blastउनले सो बारेमा कस्टमर केयरमा सम्पर्क गर्दा उनलाई शुरुमा अर्को नयाँ फोन दिईने बताईएको भएपनि पछि कस्टमर केयरका प्रतिनिधिले ५० प्रतिशत रकम माग गरेको बताएका थिए ।

सो घट्नापछि उनले सो बारेमा सोशल मिडियामा सबै बिवरणहरु पोस्ट गरिदिएका थिए ।

सो विषयलाई ध्यानमा राखेर कम्पनीले यूजरलाई नयाँ फोन दिने विश्वास दिलाएको रिपोर्टमा उल्लेख छ ।

तर कम्पनीले भने सो घट्नामा फोनको ब्याट्रीमा आगो लाग्नुको कारण बाहिरी कारण भएको दाबी गरेको छ । एजेन्सी

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार