विद्युतीय माध्यमबाट हुने कारोबारमा सुनिश्चितता प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

  • Technology Khabar | १२ चैत्र २०७६, बुधबार
विद्युतीय माध्यमबाट हुने कारोबारमा सुनिश्चितता प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसको नियन्त्रणका लागि देशभर लकडाउनको अवस्था रहेको बेलामा सेवाग्राहीहरुका लागि विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित प्रदान गर्न निर्देशन दिएको हो ।

लकडाउनको अवस्थामा बाहिर गएर नगद कारोबार गर्न असंभव भएको हुँदा विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित गरि प्रबद्र्धन गर्न भनेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित प्रदान गरि ग्राहकहरुलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गर्ने, ‘ निर्देशनमा भनिएको छ ।

त्यसैगरि केन्द्रिय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई संचालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

यसबाहेक राष्ट्र बैंकले बैकिङ्ग कारोबारको समय, भन्सारबाट प्राप्त हुने चेक क्लियरिङ्ग, शाखाहरुको सम्पर्क व्यक्तिको बारेमा समेत जानकारी दिन भनेको छ ।

प्रकाशित: १२ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...