
काठमाडौं ।
ई-कमर्श जायन्ट अमेजनले १ लाख नयाँ कर्मचारीहरु लिने भएको छ । कम्पनीले आफ्ना कर्मचारीहरुको तलब वृद्धि गर्दै थप १ लाख कर्मचारीहरु आवश्यक रहेको बताएको छ ।
अमेजनले हालै कोरोनाभाइरसका कारण अनलाइन खरिदको माग बढेको भन्दै थप कर्मचारीहरु लिन लागेको हो । यस्तो कर्मचारीहरु अधिकांश अमेरिकाको लागि हुनेछन् ।
कम्पनीले १ लाख नयाँ पूर्णकालिन र पार्ट टाइम जागिर अमेरिकाका चार फुलफिलमेन्ट सेन्टरहरु तथा डेलिभरी नेटवर्कका लागि आवश्यक रहेको बताएको छ ।
कर्मचारीको संख्या थप गर्नुका साथै अमेजनले तलबका लागि पनि थप लगानी गर्ने बताएको छ । कम्पनीले ३५० मिलियन डलर लगानी गर्नेछ जसअनुसार अमेरिका प्रतिघण्टा २ डलर, बेलायतमा २ पाउण्ड, र अन्य युरोपेली देशहरुमा २ यूरो प्रति घण्टा अतिरिक्त रकम तिर्नुपर्नेछ ।
प्रकाशित: ५ चैत्र २०७६, बुधबार