फिचर फोनको लागी लाभाद्धारा भारतमा पेमेन्ट एप लन्च, इन्टरनेट नभएपनि कारोबार गर्न सकिने

  • Technology Khabar | ४ चैत्र २०७६, मंगलवार
फिचर फोनको लागी लाभाद्धारा भारतमा पेमेन्ट एप लन्च, इन्टरनेट नभएपनि कारोबार गर्न सकिने

काठमाडौं ।

भारतीय स्मार्टफोन ब्रान्ड लाभाले भारतमा नयाँ डिजिटल पेमेन्ट एप लाभा–पे लन्च गरेको छ । यसलाई खास रुपमा फिचर फोनको लागी बनाईएको हो ।

कम्पनीको अनुसार यसलाई चलाउनको लागी इन्टरनेट कनेक्शनको आवस्यकता पर्ने छैन । कम्पनीले यस लाभा–पे हाई सेक्योरिटी स्ट्यान्ड्स सँगै रहेको दाबी गरेको छ । यसको माध्यमबाट फिचर फोन यूज गर्ने कस्टमरले पनि सजिलै डिजिटल ट्रान्जेक्शन गर्न सक्दछन ।

लाभा–पे भारतका सबै फिचर फोनहरुमा प्रि लोडेड हुने छ भने पुराना यूजरहरुले भने सर्भिस सेन्टरमा गएर आफ्नो फिचर फोनमा यसलाई इन्स्टल गर्नु पर्ने हुन्छ । एपमा पर्सन टू पर्सन पेमेन्ट गर्ने सबिधा पनि रहेको छ ।

एपबाट फन्ड ट्रान्सफर गर्नको लागी कस्टमरले रिसीभरको मोबाइल नम्वर एपमा हाल्नुपर्ने हुन्छ । जसपश्चात फन्ड रिसीभरको अकाउन्टमा ट्रान्सफर गरिने छ । एपले ट्रान्जेक्सन कोडको माध्यमबाट पेमेन्ट भएको पुष्टि गर्दछ । यद्पी यस एप प्रयोग गर्नको लागी यूजरहरुसँग यूपिआई आईडि हुनुपर्ने छ । बिना इन्टरनेट फन्ड ट्रान्सफरको लागी यूजरले बैंकबाट यूपिआई आईडि बनाउनु पर्ने हुन्छ । जसको माध्यमबाट एपले काम गर्दछ ।

पेमेन्ट पुरा हुदा रिसिभर र सेन्डर दुबैको फोनमा पेमेन्ट कन्फर्मेशनको म्यासेज आउने छ । लाभाका हेड अफ प्रोडक्ट तेजिन्दर सिंहले यो बिनाइन्टरनेट कनेक्टिभीटी काम गर्ने पहिलो डिजिटल पेमेन्ट एप भएको बताएका छन । यूजरले यस एपको सहयोगमा आफ्नो अकाउन्ट ब्यालेन्स पनी चेक गर्न सक्दछन ।

सिंहले कम्पनीको लक्ष्य भारतका आजसम्म पनि बैकिंगको लागी इन्टरनेटको प्रयोग नगरी अफलाईन च्यानलको माध्यमको प्रयोग गर्ने ५० करोड भारतीय मानिसहरुमाझ यो सर्भिस पुर्र्याउनु रहेको बताएका छन ।

भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको एक रिर्पोटको अनुसार यूपिआईको माध्यमबाट भारतमा जनवरी २०२० मा मात्रै १३२.३२ करोड भारु ट्रान्जेक्शन भएको थियो । एजेन्सी

प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार