काठमाडौं ।
काठमाडौं । विश्वभरको फिक्स्ड ब्रोडब्याण्ड कनेक्सनमा नेपालले उल्लेखनिय प्रगति हासिल गरेको छ । सन् २०१९ को तेस्रो चौमासिकको तथ्यांकअनुसार नेपाल फिक्स्ड ब्रोडब्याण्ड कनेक्सनको आधारमा तिब्रगतिमा सेवाग्राही थप्ने विश्वकै दोस्रो मुलुक भएको छ ।
हालै सार्वजनिक प्वाइन्ट टपिकको हालै सार्वजनिक अनुसन्धान रिपोर्टअनुसार सन् २०१९ को तेस्रो चौमासिकमा नेपालले फिक्स्ड ब्रोडब्याण्ड कनेक्सनमा सेवाग्राहीहरुको संख्या बढाउँदै ६.२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
तेस्रो चौमासिकमा तिब्रगतिमा सेवाग्राही वृद्धि गर्न सफल मुलुकमा नेपालभन्दा अगाडि चीन रहेको छ जसले करिब १ करोड ५० लाख ग्राहकहरु थप गरेको छ । नेपालभन्दा पछाडि ब्राजिल, अमेरिका, इरान, इण्डोनेशिया, भियतनाम, दक्षिण अफ्रिका, थाईल्याण्ड र रसियाले सो अवधिमा ग्राहकहरु थप गर्न सफल भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै एशियाको समग्र वृद्धिदर सो अवधिमा २.४ प्रतिशत देखिएको छ जसमा नेपालको वृद्धिदरले बढाउन सहयोग गरेको छ ।
नेपालभन्दा अगाढि साउदी अरेबिया रहेको छ जसले ६.७ प्रतिशतको वृद्धिदर हासिल गरेको छ भने नेपालको ६.२ प्रतिशत, इण्डानेशियाको ५.६ प्रतिशत, फिलिपिन्सको ३.८ प्रतिशत तथा भियतनामको ३.६ प्रतिशत हिस्सा फिक्स्ड ब्रोडब्याण्ड कनेक्सन वृद्धिमा रहेको छ ।
तिब्रगतिमा वृद्धि हुने क्षेत्रमा अफ्रिका पहिलो स्थानमा छ जसको वृद्धिदर सो अवधिमा ३.९८ प्रतिशत छ भने पूर्वी एशियाको वृद्धिदर ३ प्रतिशत रहेको छ, जसलाई चीनको सेवाग्राही दरले बढाउन सहयोग गरेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टअनुसार न्यून ब्रोडब्याण्ड पहुँच भएका देशहरुमा उच्चतरको वृद्धि देखिएको छ भने अमेरिकामा मात्र न्यून मात्रामा कमी आएको छ, जहाँ ०.१ प्रतिशतको कमी देखिएको छ ।
त्यसैगरि विश्वभर फिक्स्ड ब्रोडब्याण्ड कनेक्सन सेवाग्राही १ अर्ब ११ करोड २० लाख सन् २०१९ को तेस्रो चौमासिकमा पुगेको छ, जून अघिल्लो चौमासिकको तुलनामा २.१७ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा २ करोड ३६ लाख सेवाग्राहीहरु फिक्स्ड ब्रोडब्याण्ड कनेक्सनमा जोडिएका प्वाइन्ट टपिकको रिपोर्टमा उल्लेख छ ।
सेवाग्राहीहरुको संख्याको आधारमा प्रमुख १० देशहरुमा चीन पहिलो स्थानमा छ जहाँ ४० करोड सेवाग्राहीहरु रहेका छन् । त्यसपछि अमेरिका १० करोड सेवाग्राहीसहित दोस्रो स्थानमा छ भने तेस्रोमा जापान, चौथोमा जर्मनी, पाँचौंमा रसिया, छैटौंमा ब्राजिल, सातौंमा फ्रान्स, आठौंमा बेलायत, नवौंमा दक्षिण कोरिया तथा दशौं स्थानमा भारत रहेका छन् ।
फिक्स्ड ब्रोडब्याण्ड कनेक्सनमा वायरलेस कनेक्सनमा २०.७ प्रतिशतको वृद्धि भएको छ भने स्याटेलाइटकनेक्सनलाई ९.७ प्रतिशतको अग्रता रहेको छ । सोहि अवधिमा कपर कनेक्सन भने निरन्तर घट्दै गएको छ र ७.७ प्रतिशतको गिरावट देखिएको छ ।
तर सोहि अवधिमा एफटिटिएस कनेक्सनहरुमा भने निरन्तर वृद्धि हुँदै १८.५ प्रतिशतको बढोत्तरी भएको छ । एफटिटिएक्स कनेक्सनमा ३.५ प्रतिशतको वृद्धि छ भने केबलमा आधारित सेवाको वृद्धिदर ३.६ प्रतिशत रहेको छ ।
क्षेत्रियआधारमा हेर्दा सो अवधिमा पूर्वी एशियाको योगदान करिब ६५ प्रतिशत रहेको छ भने एशिया अन्य क्षेत्रहरुको वृद्धिदर १०.९५ प्रतिशत रहेकोछ ।
प्रकाशित: १० माघ २०७६, शुक्रबार