
काठमाडौं ।
काठमाडौं । ओपो कम्पनीले भारतमा एफ सीरीजलाई विस्तार गर्दै ओप्पो एफ १५ सार्वजनिक गरेको छ । ओप्पोको यस नयाँ स्मार्टफोनलाई कम्पनीको आधिकारीक वेबसाट सँगै शपिङ साइट फ्लिपकार्ट र अमेजनमा पनि प्रोड्क्ट पेज बनाएर लिस्ट गरिसकेको छ । यस फोनको लन्चका कम्पनीले लागी कुनैपनि प्रकारको इभेन्ट आयोजना गरेको थिएन भने यसलाई लाइभ स्ट्रीमिङबाट सफ्ट लन्च गरिएको हो ।
यसको लाइभ स्ट्रीमिङ सोशल मीडिया प्लेटफर्म फेसबुक, ट्विटर र यूट्युवमा लाइभ गरिएको थियो । प्रयोगकर्ताहरुले यो स्मार्टफोन भारतीय बजारको अनलाइन शपिङ साइट फ्लिपकार्ट र अमेजनको साथै रिटेल स्टोर्समा पनि किन्न सक्छन् ।
यस्ता छन् बिशेषताहरु
ओपो एफ१५ लाई २०:९ को एस्पेक्ट रेशियोमा बनाईएको छ, यसमा ६.४ इन्चको वाटरड्रप एमोलेड डिस्प्ले रहेको छ । डिस्प्लेको सुरक्षाको लागी कम्पनिले कोर्निग गोरिल्ला ग्लास ५ राखेको छ । यसको सेक्योरिटी र फोन अनलकिङको लागी यसमा इन डिस्प्ले फिंगरप्रीन्ट ३.० सेन्सर राखिएको छ, जुन ०.३२ सेकेन्डमा नै अनलक हुनेछ । फोनको मोटाई ७.९ एमएम र तौल १७२ ग्राम रहेको छ ।
यसमा क्वाड रियर क्यामरा सेटअप रहेको छ, जसको प्राइमरी सेन्सर ४८ मेगापिक्सेल रहेको छ । यसमा क्यामरा सेन्सरमा वाइड एङ्गल लेन्स र माइक्रो लेन्स पनि सामेल रहेको छ ।
यस फोनको चार्जर भोक फ्ल्यास ३.० प्रविधिको रहेको छ । फोनमा ४,००० एमएएचको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यस फोनलाई केवल ५ मिनेट चार्ज गर्दा २ घण्टा चलाउन सकिने छ । यो फोन ८जीबी ¥याम र १२८जीबी इन्टरनल स्पेस सहित बजारमा उपलब्ध हुनेछ ।
भारतमा यसको मूल्य १९९९० भारु तोकिएको छ भने यसको बिक्री जनवरी २४ देखि शुरु हुनेछ ।
ओपोले हाल भारतमा सार्वजनिक गरेको यो स्मार्टफोन नेपाली बजारमा पनि उपलब्ध हुनेछ तर कहिले नेपालमा बिक्री शुरु हुन्छ भन्ने जानकारी छैन् ।
प्रकाशित: ३ माघ २०७६, शुक्रबार