
काठमाडौं ।
काठमाडौं, ४ पुस । कलर्स मोवाईलले गर्ने पर्ल ब्ल्याक सिरिजका अत्याधुनिक मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
अत्याधुनिक प्रविधिमा आधारित पर्ल ब्ल्याक सिरिजका स्मार्ट फोन दुई मोडलमा उपलब्ध छन्। पर्ल ब्लाक के १५ रक र पर्ल ब्लाक के३३ फ्याब नामका यी स्मार्ट फोन मध्ये पर्ल ब्लाक के १५ को बिक्री शुरु भइसकेको छ भने अर्को सेट चाँडै बजारमा आउने टेलिटकले जानकारी दिएको छ।
यो सेटमा आकर्षक डिजाइन र उत्कृष्ट फङ्सन गर्न सक्ने क्षमता रहेको कम्पनीको दावी रहेको छ। यसमा भएको ओएस, तल्काल प्रतिक्रिया देखाउन सक्ने स्क्रिन, अडियो–भिडियो सिस्टम र अत्याधिक टिकाउ ब्याट्रीका कारण दुबै मोडलका मोवाइल सेटले अपेक्षा गरेभन्दा पनि राम्रो पर्फमेन्स दिने कम्पनीले जनाएको छ।
पर्ल ब्लाक के १५ रक मोबाइल सेटमा यामाहा स्पिकर्स जडान गरिएको हुँदा संगित प्रेमीहरुका लागि बहुउपयोगी हुनेछ। मेटालिक फ्रेमसहितको यस स्मार्टफोन एन्ड्रोयड ४.४ ओएस किटक्याट भर्सनमा आधारीत छ भने यसमा १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर राखिएको छ ।
अल्ट्रा स्लिम यो मोवाईलमा पाँच ईन्चको क्युएचडि ओनिएसको लेमिनेसन गरिएको स्क्रिन छ। १३ मेगा पिक्सलको रियर क्यामेरा र दुई मेगा पिक्सलको फ्रन्ट क्यामेरा भएको यो मोवाईलमा एक जिबी र्याम, चार जिबी मेमोरी र २२५० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। यो फोनको बजार मुल्य १६ हजार चार सय ९५ रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: ४ पुष २०७१, शुक्रबार