मुगु जिल्लाको अवरुद्ध संचार सेवा शुरु गर्न टेलिकमका प्राविधिक खटिए, भोलीसम्म संचालन गरिने

  • Technology Khabar | २२ पुष २०७६, मंगलवार
मुगु जिल्लाको अवरुद्ध संचार सेवा शुरु गर्न टेलिकमका प्राविधिक खटिए, भोलीसम्म संचालन गरिने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लामा हिमपातले अवरुद्ध भएको संचार उपकरणहरु तत्काल मर्मत गर्ने जनाएको छ । कम्पनीले हाल मुगु जिल्लामा सिडिएमए प्रविधिबाट संचार सेवा उपलब्ध भएको र अन्य सेवाहरु तत्काल मर्मत गरेर संचालनमा ल्याउन प्राविधिकहरु खटाएको जानकारी दिएको छ ।

‘जीएसएम नेटवर्क मर्मत र संचार सेवा पुर्नस्थापनाका लागि टिम यसअघि नै गईसकेको छ, मौसम राम्रो भएमा तत्काल मर्मत र सेवा संचालन गर्ने प्रयास हुनेछ,’ नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने ।

उनकाअनुसार हिमपात रोकिएमा र मौसममा सुधार भएको खण्डमा प्राविधिकहरुले संभवत भोलीसम्म सेवा सुचारु गर्नेछन् ।

बिगत ४ दिनदेखि मुगुमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध रहेको छ । जसले गर्दा सेवाग्राहीहरुले कठिनाई भोगिरहनुपरेको बताईएको छ ।

प्रकाशित: २२ पुष २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार