अमेरिकाले टेलिकम नेटवर्कलाई राष्ट्रिय सुरक्षा चुनौतीबाट रोक्न बनायो कार्यबिधि

  • Technology Khabar | १२ मंसिर २०७६, बिहीबार
अमेरिकाले टेलिकम नेटवर्कलाई राष्ट्रिय सुरक्षा चुनौतीबाट रोक्न बनायो कार्यबिधि

काठमाडौं ।

काठमाडौं । अमेरिकाले आफ्नो टेलिकम्यूनिकेसन्स नेटवर्कहरु र उनीहरुको सप्लाई चेनहरुलाई राष्ट्रिय सुरक्षा चुनौतीहरुबाट सुरक्षा गर्न नयाँ कार्यबिधि तयार पारेको छ ।

सो नयाँ कार्यबिधिमा केस अनुसारको आधारमा कारोबार रोक्नसक्ने समेत व्यवस्था गरिएको छ ।

गत मई महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्दै जोखिम भएका कम्पनीहरुको टेलिकम्यूनिकेसन्स उपकरणहरु प्रयोगमा रोक लगाएका छन् ।

सो आदेश विशेषगरि चिनियाँ टेलिकम्यूनिकेसन उपकरण निर्माता कम्पनीहरु ह्वावे टेक्नोलोजीज र जेडटिई कर्पलाई लक्षित गरेर ल्याएको थियो ।

अबको नयाँ प्रकृयागत कार्यमा भने केसअनुसार काम गर्न सकिने बताईएको छ । यसमा कुन कारोबार अगाडि बढाउने र कुन कारोबारलाई रोक्न सकिने भन्ने निक्र्यौल गर्न सकिनेछ ।

‘यो एक्सनले सूचना तथा संचार प्रविधि आपूर्ति श्रृंखलालाई सुरक्षित गर्नेछ,’ कमर्श डिपार्टमेन्टका सेक्रेटरी विल्बर रोजले भने ।

डिपार्टमेन्टकाअनुसार सो कार्यबिधिबाट हुने कार्यहरुलाई सार्वजनिक प्रतिकृयाको लागि खुला गरिएको छ र त्यसपछि मात्र अन्तिम रुप दिईनेछ । एजेन्सी

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...