
काठमाडौं ।
काठमाडौं । वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ तारिखदेखि नोभेम्बर १६ तारिखसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रबद्र्धन योजना ल्याएको छ।
यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन–अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ।
सम्पूर्ण योग्य कारोबार स्वचालितरुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले प्राप्त रकमको दोब्बर नगद जित्न सक्नेछन् । उक्त रकम बढिमा रु ५० हजार मात्र हुनेछ र १६ नोभेम्बरसम्म लागू गरिने बताईएको छ।
यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्ने कम्पनीको भनाई छ।
लक्की ड्र को विजेता २२ नोभेम्बर, २०१९ मा घोषित गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: १७ आश्विन २०७६, शुक्रबार