गूगलको यूट्यूबलाई टक्कर दिन रसियाको इन्टरनेट कम्पनी याण्डेक्सद्धारा भिडियो सर्भिस लन्च

  • Technology Khabar | ११ आश्विन २०७६, शनिबार
गूगलको यूट्यूबलाई टक्कर दिन रसियाको इन्टरनेट कम्पनी याण्डेक्सद्धारा भिडियो सर्भिस लन्च

काठमाडौं ।

काठमाडौं । रसियाको इन्टरनेट जायन्ट कम्पनी याण्डेक्सले यूट्यूबलाई काउन्टर दिनेगरि भिडियो स्ट्रीमिंग सर्भिस लन्च गरेको छ ।

याण्डेक्सले गूगलको यूट्यूबकै पाईला पछ्याउँदै यूजर्सलाई आफ्ना व्यक्तिगत भिडियोहरु समेत सार्वजनिक गर्न दिनेगरि याण्डेक्सजेन (Yandex Zen)प्लेटफर्म ल्याएको हो ।

केहि समयदेखि परीक्षणको चरणमा रहेको सो प्लेटफर्ममा फेसबुक, यूट्यूबलगायतलाई थप फीचरको रुपमा राखिएको छ । सो भिडियो स्ट्रमिंग सर्भिसमा अनलाईन भिडियो ट्राफिक बढाउन फेसबुक, यूट्यूबलाई जोडिएको हो ।

याण्डेक्सजेनले यूजर्सको चाहना र ईच्छाअनुसारको कन्टेन्ट छनौट गर्नेछ जसमा ब्लगरहरुलाई १५ मिनेटसम्म लामो अवधिको भिडियो पोस्ट गर्न दिनेछ ।

परीक्षणकै अवधिमा भिडियो प्रोडक्टहरुको माग अत्यधिक देखिएको बताईएको छ । याण्डेक्सजेनले प्रति दिन २ करोड भिडियो भ्यूज पाईरहेको छ भने दैनिक अडियन्सहरुको संख्या १ करोड १० लाख रहेको छ ।

रसियनहरुमध्ये आधा भन्दा बढिले याण्डेक्सको सर्च इन्जिनमार्फत भिडियो कन्टेन्टहरु हेर्ने गरेका छन् । एजेन्सी

प्रकाशित: ११ आश्विन २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार