महिला तथा बाल स्वास्थ्यको लागि इजरायलको चिकित्सक प्रतिनिधी मण्डल

  • Technology Khabar | १ आश्विन २०७६, बुधबार
महिला तथा बाल स्वास्थ्यको लागि इजरायलको चिकित्सक प्रतिनिधी मण्डल

काठमाडौं ।

काठमाडौं । तेल अभिव सौरस्वी चिकित्सा केन्द्र, धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनले ईजरायली राजदुतावास नेपालको सहकार्यमा महिला तथा बाल स्वास्थ्य सम्बन्धी सिकाई आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिक १८ लाख भन्दा बढी विरामीलाई सेवा दिदै आएको सौरस्वी चिकित्सा केन्द्रबाट सेप्टेम्बर ९ तारिखदेखि नेपाल भ्रमणमा रहेका प्रसुती तथा स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, तथा रेडियोलोजिस्ट संम्लग्न ५ सदस्यीय चिकित्सक टोलिले कार्यक्रम सम्पन्न गरेका छन् ।

क्त टोलिले कार्यशाला गोष्ठी एवम् अनवरत चिकित्सा शिक्षा मार्फत् स्त्री तथा बाल स्वास्थ्य सम्बन्धी अनुभव धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनका चिकित्सक तथा कर्मचीसँग बाँडेका छन्। नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जीवन रक्षा सम्बन्धी नविनतम प्रविधिहरु बारे जानकारी गराउँदै बालरोग एवम प्रसुती तथा स्त्री रोग सम्बन्धी विभिन्न अत्याधुनिक ईजरायली उपकरणहरु वितरण गरेका थिए ।

सो उपकरणको प्रयोग मार्फत् प्रभावकारी उपचार, विरामीको स्वास्थ्यमा सुधार र आमा/बच्चाको जीवन रक्षा गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसका साथै कायक्रममा भविष्यमा गरिने सहकार्य बारे पनि छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा ईजरायलले प्राप्त गरेको सफलताबाट नेपाल लगायत विकासोन्मुख देशले फाईदा लिन सक्ने र यस किसिमको सहकार्यको आवश्यकता भविष्यमा पनि रहेको कुरा व्यक्त गरे ।

नेपालका लागि ईजरायली राजदुत वेनी ओमरले उपस्थित सवै महानुभावहरु तथा ईजरायलवाट आएर नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा दिने चिकित्सकहरुलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो विशिष्ट प्रकारको सेवा र सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

प्रकाशित: १ आश्विन २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार