स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये ५५ प्रतिशतले आफ्नो फोन ३ देखि ५ वर्ष प्रयोग गर्ने- अध्ययन

  • Technology Khabar | १२ भाद्र २०७६, बिहीबार
स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये ५५ प्रतिशतले आफ्नो फोन ३ देखि ५ वर्ष प्रयोग गर्ने- अध्ययन

काठमाडौं ।

काठमाडौं । पछिल्ला वर्षहरुमा स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या बढ्दो क्रममा रहेको छ भने स्मार्टफोन जिवनको अभिन्न अंग हुँदै गएको छ ।

तर स्मार्टफोन महत्वपूर्ण हुँदै गर्दा स्मार्टफोन प्रतिस्थापन गर्ने समय भने बढिरहेको देखिन्छ । तथ्यगतरुपमा भन्ने हो भने नयाँ स्मार्टफोन मोडल खोज्ने क्रम पनि पछिल्ला वर्षहरुमा घटिरहेको छ ।

हालै टिंग भन्ने संस्थाले गरेको अध्ययनअनुसार स्मार्टफोन परिवर्तन गर्ने समयवधि २ वर्ष पुगेको छ । अर्थात प्रयोगकर्ताहरुले आफूलले प्रयोग गरिरहेको स्मार्टफोन प्रत्येक २ वर्षपछि मात्र परिवर्तन गरेर नयाँ किन्ने गर्दछन् ।

करिब ३ हजार जना यूजरहरुमा गरिएको अन्तरवार्ताअनुसार ४७ प्रतिशतले ३ देखि ५ वर्षमा परिवर्तन गरेको जानकारी दिएका थिए । अझ त्यसमध्ये ५ वर्षभन्दा बढि एउटै स्मार्टफोन प्रयोगगर्नेको आधारमा हेर्दा सो प्रतिशतमा वृद्धि हुँदै ५५ प्रतिशत पुग्दछ ।

तथ्यांकअनुसार करिब १० प्रतिशतले भने नयाँ मोडलको अपेक्षा गरेर स्मार्टफोन परिवर्तन गर्न रुची राख्ने गरेका छन् । तर त्यसमा पनि ७३ प्रतिशतले भने नयाँ मोडलको आधारमा स्मार्टफोन परिवर्तन नगर्ने बताएका छन् ।

अध्ययन गरिएका मध्ये ३२ प्रतिशतले भने स्मार्टफोनले निरन्तर समान कार्यसम्पादन गर्न सकेन भने नयाँ स्मार्टफोन किन्ने गरेका छन् । त्यस्तै २३ प्रतिशत यूजरले भने केबल स्मार्टफोन फुट्यो वा हरायो भने मात्र किन्ने गरेका छन, यसबाहेक करिब १८ प्रतिशतले भने प्रचलनमा नभएको वा आउट अफ डेट डिभाइस भएमा परिवर्तन गर्ने गरेका छन् ।

टिंग मोबाइलका निर्देशकले ब्लगमा भनेका छन्, मानिसहरु कयौं वर्षदेखि नयाँ स्मार्टफोनमा अपग्रेड हुने दबाबबमा हुने गर्दथे, जबकी उनीहरुको पुरानो फोन पनि राम्ररी काम गरिरहेको हुन्थ्यो । यसैले गर्दा पनि सर्वेक्षणमा सहभागीहरुमध्ये अधिकांशले लामो समयसम्म आफ्नो डिभाइस प्रयोग गर्न रुचाएको देखिन्छ ।

उनकाअनुसार पछिल्ला दिनहरुमा मानिसहरुले फोनको मूल्य र आधारभूत फोनको कार्यबारे सचेत हुन थालेका छन् । जसमध्ये अधिकांशले सबैभन्दा नयाँ, कुलेस्ट टेकलगायतमा ध्यान दिँदैनन् ।

हेरौं सो सर्वेक्षणको नतिजाहरु

स्रोत माध्यम

प्रकाशित: १२ भाद्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार