चालु आर्थिक वर्षको तेस्रो महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना २०८३ असोज मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट आएको पाइएको छ। यसअघि साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा कारोबार रकम र सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य गिरावट भएको पाइएको हो।
मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या साउन देखि भदौसम्मको एक महिनाको अवधिमा २५ लाख ४० हजार ७१२ ले बढेर समग्रमा ८ करोड ११ लाख ९४ हजार ४४० पुगेको थियो।
२०८३ भदौ मसान्तबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा १ करोड ५२ लाख २७ हजार २०१ ले घटेर ६ करोड ५९ लाख ६७ हजार २३९ पुगेको छ।
यसैगरी कारोबार रकम साउनदेखि भदौसम्मको एक महिनाको अवधिमा ३४ अर्ब १० करोड ७० लाखले बढेर समग्रमा ६ खर्ब १४ अर्ब ६७ करोड पुगेको थियो।
यो आँकडा भदौ मसान्तबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा १२ अर्ब ५७ करोड ४० लाखले घटेर समग्रमा ६ खर्ब २ अर्ब ९ करोड ६० लाख रुपैयाँ भएको प्रतिवेदनले देखाएको छ।