कर्णाली प्रदेशले तोक्यो राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड
काठमाडौं ।
कर्णाली प्रदेशले प्रदेशभित्र राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड तोकेको छ। प्रदेशले आज सार्वजनिक गरेको ‘कर्णाली प्रदेश राईड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली २०८३ मा यसबारे प्रस्ट प्रावधान राखिएको छ।
दुईपाङ्ग्रे सवारी साधनको हकमा
नियमावली अनुसार विद्युतीय शक्तिको हकमा कम्तीमा १.५ किलोवाट क्षमता भएको, सवारी दर्ता प्रमाणपत्र र सवारी चालक
मापदण्ड पूरा गरेको, पेट्रोल वा विद्युतीय शक्तिबाट चल्ने हुनुपर्नेछ भने पेट्रोलियम इन्जिनको विस्थापन आयतन पन्चानब्बे सी.सी.सम्म भएको हुनुपर्नेछ। यसैगरी नुमतिपत्र अद्यावधिक भएको, सवारी साधनको सञ्चालन अवधि दश वर्षभन्दा कम रहेको तर विद्युतीय सवारी भएमा पन्ध्र वर्षसम्म पूराना सवारी साधनहरु प्रयोग गर्न बाधा पर्ने छैन।
चारपाङ्ग्रे सवारी साधनको हकमा
पेट्रोल, डिजेल, विद्युतीय शक्ति वा अन्य शक्तिबाट चल्ने, पेट्रोलियम गाडीको हकमा इन्जिनको विस्थापन आयतन कम्तीमा ७९० सी.सी. भएको तर ट्याक्सी सेवा प्रदान गर्ने गरी कार्यालयबाट प्राप्त सवारी साधनको हकमा ७९० सी. सी. भन्दा कम भएमा समेत दर्ता गर्न पाइनेछ।
यस्तै म्यानुअल वा अटोमेटेड वा दुवै ट्रान्समिसन, विद्युतीय शक्तिबाट सञ्चालन हुने सवारी साधनको हकमा कम्तीमा बीस किलोवाट
क्षमता भएको, पेट्रोलियम सवारी साधनको हकमा सवारी प्रदूषण परीक्षणमा सफल भएको, सवारी दर्ता प्रमाण पत्र र सवारी चालक अनुमतिपत्र अद्यावधिक भएको, सवारी साधनको सञ्चालन अवधि पन्ध्र वर्षभन्दा कम रहेको तर विद्युतीय सवारी भएमा बीस वर्षसम्म पुराना सवारी साधनहरु प्रयोग गर्न पाइनेछ।