प्रविधि

जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ?

जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ?
तस्वीर: टेलिग्राफ
Global IME Bank

हामी सामान्यतया कारमा जडान गरिएको एसीलाई गर्मी यामसँग जोडेर हेर्ने गर्दछौँ। बढ्दो तापक्रम र लामो समयसम्म चल्ने तातो हावाका कारण गर्मीयाममा एसीबीना यात्रा गर्न निकै कठिन हुन्छ। तर, कारको एसीले शरद र जाडोयाममा पनि महत्वपूर्ण भुमिका खेल्दछ।

कारमा एसी चलाउदाँ सिसामा जमेको बाफ हटाउन सहयोग गर्दछ, जसले चालकलाई सडक सुरक्षामा महत्वपूर्ण सहयाेग पुर्याउछ। एसीको मुख्य काम मध्ये एक कारभित्रको चिसो कम गर्नु पनि हो। यसले कारको भित्री भागमा ढुसी तथा ब्याक्टेरियाको विकास हुनबाट रोक्न सहयोग गर्दछ।

शरद र जाडोयाममा एसी चलाउन स‌‌ञ्चालन प्रक्रिया  संरक्षणका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। एसी स‌‌ञ्चालन हुँदा प्रणालिभित्र ग्यास र तेलको प्रवाह हुन्छ जसले गर्दा विभिन्न भागलाई चिल्लो प्रदान गर्दछ।

यस प्रक्रियाले एसीका सिल तथा रबरका भाग सुक्न र चर्किनबाट जोगाउनका साथै यसका चलायमान उपकणलाई समेत चिल्लो अवस्थामा राख्दछ। त्यसैले कारमा प्रवेश गरेपछि बेलाबेलामा केहि मिनेटका लागि एसी चलाउनु राम्रो मानिन्छ। तापक्रम पाँच डिग्री सेल्सियसभन्दा कम हुदाँ एसी चलाउनु हुँदैन।

अधिकांश नयाँ कारमा तापक्रम कम हुदाँ एसी आफैँ बन्द हुने व्यवस्था गरिएको हुन्छ। कम तापक्रममा पानी जमेर फैलिन सक्ने जोखिमका कारण यस्तो व्यवस्था गरिएको हो।

नयाँ कारमा सामान्यतया तापक्रम मापन गर्न सेन्सर जडान गरिएको हुन्छ। जसले कम तामक्रममा एसी संचालन हुनबाट रोक्छ। तर पुराना कारमा भने चालक आफैले यस विषयमा सावधानि अपनाउनु पर्छ।

त्यसैले बाहिरी तापक्रम पाँच डिग्री सेल्सियसभन्दा माथि रहेसम्म कारको एसी प्रयोग गर्न सकिन्छ।

Sajilo Visa
easy care