ह्युमनोइड रोबोटले दिन थाल्यो कफी र आइसक्रिम
काठमाडौं ।
चीनको सेन्जेन सहरमा प्रविधि र एआई अब दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ।
ह्युमनोइड रोबोट अब बिज्ञानका चलचित्रको कल्पनामा मात्र सीमित छैनन्। यस्ता रोबोटले अहिले मानिसलाई कफी र आइसक्रिम दिन थालेका छन्।
यस्तो प्रविधिको विकासले एउटा फरक तरिका अपनाएको छ। एआई इन्जिनियर तथा विकासकर्ताहरुले वास्तविक मानिसले गरेका गतिविधिको रेकर्ड गरिएका मुभमेन्टस् प्रयोग गरेर रोबोटलाई तालिम दिइरहेका छन्।
यस प्रक्रियामार्फत रोबोटहरुले दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न कामहरु स्वाभाविक ढङ्गले गर्न सिकिरहेका छन्।