ग्यालेक्सी फोनको अपग्रेड सहज बनाउन सामसङ नेपाल र एनसेल बीच सहकार्य
काठमाडौं ।
नेपालमा एआई प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढ तथा ग्यालेक्सी स्मार्टफोनको अपग्रेड सहज बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ।
सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा प्राप्त गर्नेछन्। सामसङको ग्यालेक्सी प्रविधि र एनसेलको नेटवर्कलाई जोडेर ग्राहकलाई थप सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिए।
कम्पनीका अनुसार, यस सहकार्यको प्रमुख उद्देश्य पुरानो २जी प्रविधि प्रयोग गरिरहेका ग्राहकलाई ४जी नेटवर्कमा अपग्रेड गर्न प्रोत्साहित गर्नु पनि रहेको छ। २जीदेखि ४जी अपग्रेड अभियानअन्तर्गत जुनसुकै २जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा ग्राहकले पाँच हजार रुपैयाँसम्मको एक्सचेन्ज सुविधा पाउनेछन्। यसका साथै न्यूनतम एक हजार २२१ रुपैयाँदेखि सुरु हुने मासिक किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ।
सामसङ र एनसेलले एआई तथा डिजिटल प्रविधिको अनुभवलाई महँगा स्मार्टफोनमा मात्र सीमित नराखी धेरै ग्राहकसम्म पुर्याउने लक्ष्य राखेका छन्। ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिलाई थप सहज र पहुँचयोग्य बनाउने कम्पनीको भनाइ छ।
सहकार्यअन्तर्गत छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार एनसेलका निश्चित मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन्।
ग्यालेक्सी जेड फोल्ड८, जेड फ्लिप८, जेड फोल्ड७, एस२६ अल्ट्रा, एस२६ प्लस, एस२६ र एस२६ एफई खरिद गर्ने ग्राहकले १२ महिनासम्म मासिक ७९९ रुपैयाँ मूल्यको अनलिमिटेड डेटा तथा भ्वाइस, लायन्सगेट र दैनिक १०० एसएमएस सुविधा भएको प्याक निःशुल्क पाउनेछन्। उक्त प्याकको कुल मूल्य नौ हजार ५८८ रुपैयाँ रहेको छ।
त्यस्तै, ग्यालेक्सी ए१७, एम१७ र ए०७एस खरिद गर्ने ग्राहकले नौ महिनासम्म मासिक ४४९ रुपैयाँ मूल्यको सात जीबी डेटा तथा अनलिमिटेड भ्वाइस सुविधा भएको प्याक निःशुल्क पाउनेछन्। उक्त प्याकको कुल मूल्य ४ हजार ४१ रुपैयाँ रहेको छ।