काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्म ६५ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ६५ करोड १ लाख १ हजार रुपैयाँ बराबरको राउटर आयात भएको हो।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १ लाख ८४ हजार ३९० थान राउटर आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले १२ करोड ११ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा ७ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ६४ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ८४ हजार ४३ थान राउटर आयात भएको छ।
यसैगरी, भारतबाट १२ हजार बराबरको ३७ थान, भियतनामबाट २ज्ञ लाख ९९ हजार बराबरको १७५ थान, लाट्भियाबाट ९ लाख ९४ हजार बराबरको २१ थान, मलेसियाबाट ६ लाख ७५ हजार बाराबरको ८० थान र ताइवानबाट ३७ हजार बराबरको २ थान र अमेरिकाबाट ३ लाख ९६ हजार बराबरको ३२ थान राउटर आएको छ।
विवरण यस्तो छः
| क्र.सं. | देश | विवरण | रकम (हजारमा) |
| १ | चीन | १८४०४३ | ६४५७८७ |
| २ | भीयतनाम | १७५ | २१९९ |
| ३ | मलेसिया | ८० | ६७५ |
| ४ | अमेरिका | ३२ | ३९६ |
| ५ | भारत | ३७ | १२ |
| ६ | लाट्भिया | २१ | ९९४ |
| ७ | ताइवान | २ | ३७ |
प्रकाशित: १७ कार्तिक २०८३, मंगलवार