काठमाडौं ।
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ।
आज एक जना बम्पर उपहार विजेतासहित १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ।
त्यसैगरी १५ जनाले जनही एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन्।-रासस
प्रकाशित: १६ कार्तिक २०८३, सोमबार