काठमाडौं ।
चाडपर्वको उत्साहलाई थप विशेष बनाउन अनरले ‘अनर फेस्टिभल डिलाइट्स’ नामक विशेष अफर सार्वजनिक गरेको छ।
नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत अनरका विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन्।
योजनाअन्तर्गत अनर ६०० प्रो, अनर ६०० लाइट, अनर एक्स७ई र अनर एक्स६ई खरिद गर्ने ग्राहकले अनर वाच २ प्रो मात्र ४ हजार ९९९ मा खरिद गर्न सक्नेछन्। उक्त स्मार्टवाचको नियमित मूल्य १२ हजार ४९९ रहेको छ। त्यस्तै, अनर एक्स५डी सिरिज खरिदमा अनर इयरबड्स एक्स७ई एक्टिभ मात्र ४९९ मा उपलब्ध हुनेछ, जसको नियमित मूल्य ३ हजार ९९९ रहेको छ।
एक महिनासम्म सञ्चालन हुने यो अफरले ग्राहकलाई नयाँ स्मार्टफोनसँगै आफ्नो दैनिक जीवनलाई अझ स्मार्ट र सुविधाजनक बनाउने एआईओटी उत्पादनहरू पनि सहुलियत मूल्यमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।
प्रकाशित: १५ कार्तिक २०८३, आईतवार