चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | २४ आश्विन २०८३, शनिबार
चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले शनिबार दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

उक्त रकेटमार्फत पृथ्वीको तल्लो कक्षमा रहने इन्टरनेट भूउपग्रहहरूको नयाँ समूह अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बेइजिङ समयअनुसार शनिबार बिहान ३ बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको रकेटले आफ्नो निर्धारित उडान पूरा गर्दै भूउपग्रहहरूलाई पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको थियो । प्रक्षेपण गरिएका भूउपग्रहहरू चीनको न्यून पृथ्वी कक्षीय इन्टरनेट स्याटेलाइट कार्यक्रमअन्तर्गतको २७औँ समूह रहेको जनाइएको छ।

यस प्रक्षेपणसँगै चीनले आफ्नो अन्तरिक्ष प्रविधि तथा भूउपग्रहमा आधारित सञ्चार प्रणालीको विकासलाई निरन्तरता दिएको छ। न्यून पृथ्वी कक्षमा स्थापित गरिने यस्ता भूउपग्रहहरू अन्तरिक्षमा आधारित इन्टरनेट तथा सञ्चार सेवाका लागि प्रयोग गरिन्छन्। रासस/सिन्ह्वा

प्रकाशित: २४ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार