एप्पलले अक्टोबर २७ मा टचस्क्रिन म्याकबुक सार्वजनिक गर्ने

  • Technology Khabar | २६ आश्विन २०८३, सोमबार
एप्पलले अक्टोबर २७ मा टचस्क्रिन म्याकबुक सार्वजनिक गर्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले यसै महिना दुई चरणमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको खबर हिजो सार्वजनिक भएको थियो। कम्पनीले अक्टोबर १३ का लागि पहिलो कार्यक्रमको पुष्टि गरिसकेको छ। अब ब्लुमबर्गका मार्क गर्मनले दोस्रो चरणको कार्यक्रम कहिले हुन सक्ने भन्ने जानकारी दिएका छन्।

एप्पलको योजनाबारे जानकार स्रोतलाई उद्धृत गर्दै गर्मनलेदोस्रो चरणको उत्पादन सार्वजनिक गर्ने कार्यक्रम अक्टोबर २७ मंगलबार वा त्यसको आसपास हुन सक्ने बताए।

जीएसएमएरिनाका अनुसार एप्पलले लामो समयदेखि चर्चामा रहेको आफ्नो पहिलो टचस्क्रिन म्याकबुक सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यसका साथै ओएलईडी डिस्प्ले भएको आईप्याड मिनी तथा एम६ चिपबाट चल्ने १४ इन्चको म्याकबुक प्रो र आईम्याक मोडल पनि सार्वजनिक हुन सक्नेछन्।

यसैबीच, अक्टोबर १३ को कार्यक्रममा एप्पलले डिस्प्ले भएको नयाँ होमपड, सुधारिएको होमपड मिनी र नयाँ एप्पल टीभी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। कम्पनीले एलजी र स्नाइडर इलेक्ट्रिकसँग मिलेर विकास गरिरहेका केही स्मार्ट होम उपकरणसमेत सार्वजनिक गर्ने तयारी गरिरहेको खबर छ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...