काठमाडौं ।
लिमेरिक विश्वविद्यालयले गरेको नयाँ अध्ययनले मानिसहरुमा रहेको लैगिंक पूर्वाग्रह एआईसगँको अन्तरक्रियामा पनि देखिने गरेको पत्ता लगाएका छन्।
अध्ययनमा १८९ जना मानिस सहभागी थिए। उनीहरूले चार प्रकारका एआई सहायकसँग काम गरेका थिए।
तीमध्ये दुईवटा एआई मानवीय स्वरूप थियो। पुरुष स्वरूपको एआईलाई जोहान र महिला स्वरूपको एआईलाई जोहाना नाम दिइएको थियो।
दुवैले एउटै प्रविधि प्रयोग गरेका थिए र उनीहरूको क्षमता पनि समान थियो।
सहभागीहरूले जोहानाले गरेको समान कामका लागि भन्दा जोहानालाई करिब १० प्रतिशत कम पारिश्रमिक दिएका थिए।
टेलिग्राफका अनुसार अध्ययनले एआईको डिजाइन, विशेषगरी यसको लिंग र स्वरूपले मानिसहरूले त्यसलाई कसरी बुझ्छन् र त्यसको कामका लागि कस्तो पारिश्रमिक दिन्छन् भन्ने कुरामा प्रभाव पार्न सक्ने देखाएको छ।
कार्यस्थलमा एआई एजेन्टहरूको प्रयोग बढ्दै जाँदा यस्ता पूर्वाग्रहहरू आगामी दिनमा अझ महत्त्वपूर्ण विषय बन्न सक्ने अध्ययनले संकेत गरेको छ।
प्रकाशित: २१ आश्विन २०८३, बुधबार