भदौ मसान्तसम्म साढे ४ करोड बराबरको ९८ हजार हाराहारी प्रिन्टेड सर्किट बोर्ड आयात

  • Technology Khabar | २१ आश्विन २०८३, बुधबार
भदौ मसान्तसम्म साढे ४ करोड बराबरको ९८ हजार हाराहारी प्रिन्टेड सर्किट बोर्ड आयात

काठमाडौं ।

चालु आर्थिक वर्षको दोस्रो महिना भदौ मसान्तसम्म साढे ४ करोड रुपैयाँ माथिको प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ४ करोड ५० लाख ७७ हजार रुपैयाँ बराबरको प्रिन्टेड सर्किट बोर्ड आयात भएको हो।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ९८ हजार ५३१ थान प्रिन्टेड सर्किट बोर्ड आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले १ करोड ९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी भारतबाट १ करोड ५६ लाख ११ हजार रुपैयाँ बराबरको ६० हजार ७१२ थान प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ।
यसैगरी चीनबाट २ करोड ५५ लाख ६० हजार बराबरको ३७ हजार ७६१ थान प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ।

विवरण यस्तो छः

क्र. सं. देश विवरण (थान) रकम (हजारमा)
१ चीन ३७७६१ २५५६०
२ भारत ६०७१२ १५६११
३ फिनल्याण्ड १९ २७७०
४ जापान १५ ३१२
५ सिंगापुर १ ३९६
६ मलेशिया ३ ०
७ अमेरिका १ ८
८ बेल्जियम ३ १६३
९ फ्रान्स २ २०६
१० हङकङ ७ १०
११ इटलि २ ४२
१२ उज्बेकिस्तान ५ १

प्रकाशित: २१ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार