धनगढीमा आईबीएम टेकएक्स कार्यक्रम सम्पन्न

  • Technology Khabar | १८ आश्विन २०८३, आईतवार
धनगढीमा आईबीएम टेकएक्स कार्यक्रम सम्पन्न

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशमा डिजिटल प्रविधि, स्वचालन र साइबर सुरक्षासम्बन्धी क्षमता विकासमा केन्द्रित आईबीएम टेकएक्स कार्यक्रम असोज १५ गते धनगढीमा सम्पन्न भएको छ।

दक्षिण एसियाली साइबर सुरक्षा तथा प्रविधि कम्पनी वन कभर प्राइभेट लिमिटेडको सहकार्य तथा अग्रसरतामा आयोजित कार्यक्रममा प्रदेश सरकार, क्यान महासंघ, शैक्षिक क्षेत्र तथा साइबर सुरक्षा क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट थिए। कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष हर्क सेटी, केन्द्रीय सदस्य ओमकार श्रेष्ठ तथा क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धिरेन बोगटी सहभागी थिए।

त्यस्तै, पीसीपीएसकी चीफ ग्रोथ अफिसर कृपा श्रेष्ठ, पीसीपीएसकी अफिसर ऋषिका दाहाल र वन कभर प्राइभेट लिमिटेडका एआई कन्सल्ट्यान्ट बाबुराम श्रेष्ठको पनि सहभागिता थियो।

कार्यक्रममा डिजिटल सुशासन, इन्टरप्राइजेज अटोमेसन र प्राविधिक सीप विकासका विषयमा छलफल भएको आयोजकले जनाएको छ। एआई, क्लाउड आर्किटेक्चर र स्वचालन प्रविधिको प्रयोग बढ्दै गएसँगै संस्थागत डिजिटल सम्पत्तिको सुरक्षा महत्वपूर्ण बन्दै गएको विषयमा पनि जोड दिइएको थियो।

आयोजकका अनुसार स्थानीय जनशक्तिलाई प्राविधिक रूपमा सक्षम बनाउन आईबीएम टेकएक्सचेन्ज अटोमेसन युजर ग्रुप नेपाल र क्राइस्ट युनिभर्सिटीको आईबीएम इनोभेसन सेन्टरजस्ता पहलसँग सहकार्य गर्ने अवधारणालाई समेत कार्यक्रममा अघि बढाइएको छ।

यसैगरी, प्राविधिक क्षेत्रमा केही समय बाहिर रहेका जनशक्तिलाई पुनः रोजगारी तथा प्रविधि क्षेत्रमा जोड्ने आईबीएम टेक री-इन्ट्री कार्यक्रमजस्ता अवधारणाबाट सुदूरपश्चिममा दक्ष प्राविधिक जनशक्ति विकास गर्न सकिने बताइएको छ।

प्रकाशित: १८ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार