सिङ्गापुरमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दो, २०३५ सम्म ८५ प्रतिशत हिस्सा पुग्ने प्रक्षेपण

  • Technology Khabar | १७ आश्विन २०८३, शनिबार
सिङ्गापुरमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दो, २०३५ सम्म ८५ प्रतिशत हिस्सा पुग्ने प्रक्षेपण

काठमाडौं ।

सिंगापुरमा विद्युतीय सवारीसाधनको बिक्री सन् २०२६ मा ३४.३ प्रतिशतले बढेर ३४ हजार ९४० युनिट पुग्ने अनुमान गरिएको छ। यससँगै कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ५४.६ प्रतिशत पुग्ने अनुसन्धान संस्थाले जनाएको छ।

सरकारी कर छुट तथा प्रोत्साहन, चिनियाँ मुख्यभूमिमा उत्पादित किफायती विद्युतीय सवारीका नयाँ मोडलहरूको बढ्दो उपलब्धता र चार्जिङ पूर्वाधारको विस्तारले बिक्री वृद्धिमा सहयोग पुर्‍याउने जनाइएको छ ।

सन् २०२६ को जुनसम्ममा सिंगापुरमा दर्ता भएका नयाँ सवारीमध्ये ७० प्रतिशत विद्युतीय सवारी थिए । यो प्रवृत्ति सन् २०३५ सम्म जारी रहने र त्यसबेला सिंगापुरको कुल सवारीसाधनमध्ये ४४ प्रतिशत विद्युतीय सवारी हुने अनुमान गरिएको छ।

सरकारी अनुदान तथा छुटका साथै निजी आवासमा विद्युतीय सवारी चार्जर जडानलाई सहयोग गर्ने कार्यक्रमले माग कायम राख्ने अपेक्षा गरिएको छ।

सन् २०३५ सम्ममा कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ८५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२६ को पहिलो त्रैमासिकमा नयाँ कार दर्तामध्ये विद्युतीय सवारीको हिस्सा ५७.६ प्रतिशत पुगेको थियो, जुन ७ हजार ६७९ वटा सवारी बराबर हो ।

पहिलो पटक सिंगापुरमा विद्युतीय सवारीको बिक्री पेट्रोल तथा डिजेलबाट चल्ने र मिश्रित प्रविधिका सवारीको बिक्रीभन्दा बढी भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित: १७ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार