आगलागी हुँदा रोकिएका सुबिसुका केबल टिभी र इन्टरनेट सेवा बिहिबारदेखि पूर्णरुपमा संचालन हुने

  • Technology Khabar | २२ श्रावण २०७६, बुधबार
आगलागी हुँदा रोकिएका सुबिसुका केबल टिभी र इन्टरनेट सेवा बिहिबारदेखि पूर्णरुपमा संचालन हुने

काठमाडौं ।

काठमाडौं । बुधबार दिउँसो आगलागी इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनी सुविसु केबल नेट प्रालिले बिहिबारसम्ममा सबै इन्टरनेट तथा केबल टिभी सेवाहरु पूर्णरुपमा संचालन हुने जानकारी दिएको छ ।

बुधबार दिउँसो करिब पौने १ बजे सुबिसुको मुख्य कार्यालय बालुवाटारमा भएको आगलागीले कम्पनीका अधिकांश उपकरणहरु जलेर नष्ट भएका थिए । जसले गर्दा सुबिसुले दिँदै आएको काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विशेषगरि केबल टिभी सेवा तथा केहि स्थानहरुमा इन्टरनेट सेवा बन्द भएका थिए ।

कम्पनीले भने बिहिबारसम्ममा सबै सेवाहरु पूर्णरुपमा संचालन गर्न सकिने जानकारी दिएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुधिर पराजुलीले बालुवाटारको कार्यालयमा आगलागी भएपनि थापाथलीमा भएको ब्याकअप कार्यालयबाट सेवा संचालन गरिने जानकारी दिए ।

‘यहाँबाट सेवा संचालन गर्न अझै केहि भन्न सकिँदैन तर हामीले आजैदेखि थापाथलीबाट सेवा सुचारु गरिसकेका छौं,’ उनले भने, ‘बन्द भएका केबल टिभी सेवाहरु आजै बेलुकादेखि शुरु हुन्छन भने इन्टरनेट सेवा भोली बेलुकासम्म पूर्णरुपमा संचालन गर्नेछौं ।’

अध्यक्ष पराजुलीकाअनुसार हालसम्म करिब ९० प्रतिशत सेवाहरु शुरु गरिसकेको छ भने इन्टरनेट पनि केहि स्थानहरुबाहेक अन्य सुचारु नै भएको छ ।

प्रकाशित: २२ श्रावण २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार