भदौ महिनामा ४६ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात

  • Technology Khabar | १४ आश्विन २०८३, बुधबार
भदौ महिनामा ४६ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म ४६ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ४६ करोड ५९ लाख ८५ हजार रुपैयाँ बराबरको राउटर आयात भएको हो।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १ लाख १४ हजार २९२ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

यो आयातबाट सरकारले ८ करोड ६९ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा ६ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ४६ करोड ३६ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख १४ हजार १८६ थान राउटर आयात भएको छ।

यसैगरी, भारतबाट ७ हजार बराबरको ९ थान, भियतनामबाट १२ लाख ४२ हजार बराबरको ३५ थान, लाट्भिया बाट ६ लाख ७६ हजार बराबरको २० थान, मलेसियाबाट ३ लाख ६२ हजार बाराबरको ४० थान र ताइवानबाट ३७ हजार बराबरको २ थान राउटर आएको तथ्यांकमा उल्लेख छ।

क्र.सं. देश विवरण रकम (हजारमा)
१ चीन ११४१८६ ४६३६६०
२ भीयतनाम ३५ १२४२
३ भारत ९ ७
४ लाट्भिया २० ६७६
५ मलेसिया ४० ३६२
६ ताइवान २ ३७

प्रकाशित: १४ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार