
काठमाडौं ।
काठमाडौं । गूगलले मोबाइल फोनका लागि उपलब्ध आफ्नो ट्रिप एप बन्द गर्ने भएको छ । तर यसको कामहरु भने म्याप्स र सर्च फीचरमा पनि जारी नै रहनेछ ।
कम्पनीले हालै विज्ञप्ति जारी गर्दै ट्रिप एपको लागि सपोर्ट बन्द गरेको घोषणा गरेको छ, तर नोटस, सेभ्ड प्लेसेजजस्ता जानकारीहरु भने गूगल एकाउन्टमा लग इन गरेसँगै सर्चमा उपलब्ध हुनेछन् ।
जियोग्राफीमा आकर्षणहरु पत्ता लगाउन, इभेन्ट तथा लोकप्रिय स्थानहरु थाहा पाउन यूजर्सले माई ट्रिप सर्च गर्न सक्नेछन वा गूगलमा नयाँ सुधार गरिएको ट्राभल पेजमा जानसक्नेछन् ।
यसअघि गूगलले सन् २०१८ सेप्टेम्बरमा नै ट्राभल साइटमा परिवर्तनहरु गरिने जानकारी दिएको थियो । जसमा कयौं फीचरहरु ट्रिप एपमा समावेश भएका थिएनन् । अब भने गूगलले यूजर्सलाई आफ्नो ट्राभल पेजमा ध्यान केन्द्रित गराउन खोजेको छ । एजेन्सी
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार