लाभा, बेन्को र डुगी ब्राण्डका मोबाइल बिक्रेता अम्बे मोबाइल्सको सञ्चालन आम्दानी ७७ करोड, इक्राको रेटिङ पुनः पुष्टि

  • Technology Khabar | ११ आश्विन २०८३, आईतवार
लाभा, बेन्को र डुगी ब्राण्डका मोबाइल बिक्रेता अम्बे मोबाइल्सको सञ्चालन आम्दानी ७७ करोड, इक्राको रेटिङ पुनः पुष्टि

काठमाडौं ।

लाभा, बेन्को र डुगी ब्राण्डका मोबाइल फोन वितरक कम्पनी अम्बे मोबाइल्स प्राइभेट लिमिटेडको अल्पकालीन ऋण रेटिङ ‘इक्राएनपी ए फोर प्लस’ पुनः पुष्टि भएको छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अम्बे मोबाइल्सको अल्पकालीन ऋणका लागि यसअघि दिइएको ‘इक्राएनपी फोर प्लस+’ रेटिङलाई निरन्तरता दिएको हो।

इक्रा नेपालले सेप्टेम्बर १०, २०२६ अर्थात् गत भदौ २५ गते  सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको हाल अल्पकालीन ऋण ५८ करोड ३ लाख रुपैयाँ लिन सक्नेछ भने यसअघि यस्तो सीमा ५८ करोड रुपैयाँ रहेको थियो।

इक्राका अनुसार अम्बे मोबाइल्सले सन् २०१५ देखि मोबाइल फोनको डिलरका रूपमा काम गर्दै आएको छ। कम्पनीको प्रमुख आम्दानीको स्रोत लाभा ब्रान्डसँगको लामो समयदेखिको व्यावसायिक सम्बन्ध हो। कम्पनीले सन् २०२२ देखि बेन्को र सन् २०२५ देखि डुगी ब्रान्डका फोनहरु पनि बेच्दै आएको छ।

यस्ता छन् कम्पनीका मुख्य आर्थिक/वित्तीय सूचक:

क्र स विवरण आर्थिक वर्ष २०२२-लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०२३-लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०२४-लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०२५-लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०२६-लेखापरीक्षण नगरिएको
१ सञ्चालन मुनाफा (मिलियनमा) १३४२ १३४३ ११९१ ८५५ ७७०
२ ओपीबीआईटीडीए/ओआई (%) ३.७% ३.७% २.९% ४.१% ५.४%
३ कुल ऋण/ ट्याञ्जिबल नेट वर्थ (पटक() १.७ १.३ २.५ १.० १.७
४ कुल बाह्य दायित्व/ ट्याञ्जिबल नेट वर्थ (पटक) २.२ ४.५ २.७ १.२ २.०
५ कुल ऋण ओपी बीआईटीडीए/ (पटक() २.८ २.३ ७.० २.७ ५.०
६ ब्याज पुँजी (पटक) २.८ १.२ १.८ १.८ ७.४
७  ब्याज पुँजी अनुपात % २.४ १.२ १.५ १.६ ५.८
८ खुद सञ्चालन पुँजी/सञ्चालन आम्दानी % १४% १२% २६% १९% ३८%
९ हालको अनुपात १.४ १.२ १.३ १.८ १.५

 

प्रकाशित: ११ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...