इसेवाद्वारा ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक

  • Technology Khabar | ११ आश्विन २०८३, आईतवार
इसेवाद्वारा ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक

काठमाडौं ।

इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्ण रूपमा मनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ।

हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुनेछ।

असोज ७ गतेदेखि असोज १३ गतेसम्म ७ दिन लागू हुने यस योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने कम्पनीले बताएको छ।

बीमा योजनाअन्तर्गत कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा प्रदान गरिनेछ, जसमा दुर्घटना बीमाअन्तर्गत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायताअन्तर्गत १० हजार रुपैयाँको सुविधा उपलब्ध हुनेछ।

जोखिमबाट हुन सक्ने आर्थिक भारलाई केही हदसम्म कम गर्न ‘जात्रा केयर’ बीमा योजना उपयोगी हुने इसेवाले जनाएको छ। यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछ।

प्रकाशित: ११ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार