इनड्राइभको फाइनान्सियल लिटरेसी कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

  • Technology Khabar | ९ आश्विन २०८३, शुक्रबार
इनड्राइभको फाइनान्सियल लिटरेसी कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

काठमाडौं ।

डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ नामक फाइनान्सियल लिटरेसी कोर्स २५ सयभन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन्।

ड्राइभर पार्टनरलाई आफ्नो आम्दानी र खर्च व्यवस्थापन गर्न, बजेट बनाउन, बचत गर्ने बानी विकास गर्न तथा आर्थिक निर्णय लिन सहयोग गर्ने उद्देश्यले यो कोर्स सञ्चालन गरिएको हो।

कोर्समा आम्दानी तथा खर्च व्यवस्थापन, आर्थिक लक्ष्य निर्धारण, बचत तथा आकस्मिक कोष, जिम्मेवार रूपमा ऋण लिने तरिका र इनड्राइभमार्फत थप आम्दानीका अवसर लगायतका विषय समेटिएका छन्। प्रत्येक मोड्युलमा सिकेका विषयलाई आफ्नो वास्तविक आर्थिक अवस्थासँग जोडेर प्रयोग गर्न सक्ने गरी व्यावहारिक अभ्यास तथा क्याल्कुलेटरसमेत उपलब्ध गराइएको छ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘ड्राइभर पार्टनरहरूले दैनिक रूपमा विभिन्न आर्थिक जिम्मेवारी व्यवस्थापन गरिरहेका हुन्छन् र उनीहरूको आम्दानी पनि काम गर्ने समय तथा दैनिक परिस्थितिअनुसार फरक हुन सक्छ। त्यसैले फाइनान्सियल लिटरेसीसम्बन्धी ज्ञानलाई सरल, व्यावहारिक र सहज रूपमा उपलब्ध गराउनु महत्वपूर्ण छ। ‘योर फाइनान्सेल गाइड टु मनी कन्फिडेन्स’ मार्फत ड्राइभर पार्टनरलाई बजेट व्यवस्थापन, बचतको योजना, ऋणसम्बन्धी निर्णय तथा आम्दानी व्यवस्थापनमा सहयोग पुग्ने उपयोगी जानकारी र उपकरण उपलब्ध गराउन चाहेका छौं।’

कोर्स पूरा गरेका ड्राइभर पार्टनरहरूले पनि यसको सरल र व्यावहारिक शैली उपयोगी रहेको बताएका छन।

कोर्स पूरा गरेका एक ड्राइभर पार्टनरले भने, ‘यस कोर्सबाट बचत, बजेट र पैसाको व्यवस्थापनबारे व्यावहारिक ज्ञान पाएँ। कोर्स सरल र बुझ्न सजिलो थियो, कोर्स पूरा गरेपछि मैले दैनिक खर्चको हिसाब राख्ने, बजेट बनाउने र नियमित रूपमा बचत गर्ने बानी विकास गर्न थालेको छु।’

कोर्समार्फत ड्राइभर पार्टनरले आफ्नो बजेट व्यवस्थापन गर्ने, आम्दानी र खर्चको योजना बनाउने, आर्थिक लक्ष्य निर्धारण गर्ने, नियमित बचत गर्ने तथा ऋण लिनुअघि आफ्नो आर्थिक क्षमताको मूल्यांकन गर्ने विषयमा आधारभूत व्यावहारिक ज्ञान हासिल गर्न सक्छन्।

प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...