डिजिटल राइट्स एण्ड सेफ्टि स्कूलमा गैर–आवासीय तालिमका लागि आवेदन खुला

  • Technology Khabar | ३ आश्विन २०८३, शनिबार
डिजिटल राइट्स एण्ड सेफ्टि स्कूलमा गैर–आवासीय तालिमका लागि आवेदन खुला

काठमाडौं ।

डिजिटल राइट्स नेपाल (डीआरएन) कोशी र मधेश प्रदेशका युवा तथा युवा–नेतृत्वमा रहेका नागरिक समाजका संस्थाहरू (सीएसओ) का लागि डिजिटल अधिकार, सुरक्षा तथा मिडिया साक्षरता सम्बन्धी एकदिने गैर–आवासीय तालिमका लागि आवेदन खुलाएको छ।

उक्त तालिम स्विस सरकार विकास सहयोग (एसडीसी) र यूएनडीपी नेपाल को सहयोगमा सञ्चालित एडभान्सिङ सिभिक इनगेजमेन्ट फर डेमोक्रेटिक पार्टिसिपेसन (एसीईडीपी) परियोजनाअन्तर्गत आयोजना हुन लागेको हो।

तालिमका मुख्य विषयहरूमा डिजिटल अधिकार, डिजिटल जोखिम र सुरक्षाका उपाय, सूचना अखण्डता र तथ्य जाँच, सामाजिक सञ्जालको जिम्मेवार उपयोग, कानूनी उपचार संयन्त्र रहेका छन्।

कम्पनीका अनुसार तालिमका लागि १८ देखि ३५ वर्ष उमेर समूह भित्रका योग्यता भएका युवा तथा युवा–नेतृत्वमा रहेका नागरिक समाज संस्थाहरू सम्बन्धित प्रदेशका बासिन्दा वा सोही प्रदेशमा कार्यरत व्यक्ति, डिजिटल, मिडिया साक्षरता, डिजिटल अधिकार, अनलाइन सुरक्षा वा नागरिक सहभागितामा रुचि भएको र तालिम तथा आवश्यक अन्य गतिविधिहरूमा पूर्ण रूपमा सहभागी हुन सक्नेले आवेदन दिन सक्नेछन्।

महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा प्रतिनिधित्वमा पछाडि परेका समुदाय र विविध पृष्ठभूमिका व्यक्तिहरूलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहित गरेको छ। डिजिटल तथा मिडिया साक्षरताको पूर्वज्ञान वा फरक अनुभव भएका आवेदकहरूले पनि आवेदन दिन सक्नेछन्।

तालिम बिराटनगरमा असोज ९ र १० गते, जनकपुरमा असोज १२ र १३ गते हुनेछ भने यसका लागि आवेदन असोज ४ गते आइतबारसम्म दिन सकिने छ।

प्रकाशित: ३ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...