फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने डिभाइस परीक्षण गर्दै, सोचेको भरमा नै टाइप गर्ने

  • Technology Khabar | १५ श्रावण २०७६, बुधबार
फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने डिभाइस परीक्षण गर्दै, सोचेको भरमा नै टाइप गर्ने

काठमाडौं ।

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने कम्प्यूटर इन्टरफेसको बारेमा आफ्नो योजना बताएको छ । कम्पनीले यसलाई यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका वैज्ञानिकहरुका साथ मिलाएर तयार गरिरहेको छ ।

फेसबुकले मस्तिष्क पढ्न सक्ने प्रविधिमा काम गरिरहेको जसले सोचेको भरमा नै टाइप गर्न सक्छ । यस अन्तरगत एक मेथडको प्रदर्शन गरिरहेको छ जसले मस्तिष्कबाट एउटा पुरै फ्रेजलाई पढ्न सक्दछ । अहिले पनि यस्तो प्रविधि छ जसअन्तरगत सोचेर लेख्न सकिन्छ । यसको अर्थ ब्रेन कम्प्यूटर इन्टरफेसबाट अहिले पनि यस्तो गर्न सकिन्छ ।

सन् २०१७ को डेभलपर कन्फ्रेन्सको समयमा कम्पनीले मस्तिष्क अध्ययन गर्ने विचार ल्याएको थियो र अब कम्पनीले एक अपडेट जारी गर्दै यो प्रोजेक्टलाई अगाडि बढाएको बताएको छ ।

यो प्रविधिको परीक्षणमा यूनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले बिरामीहरुलाई साधारण बहुछनौट भएका प्रश्नहरु क्रमबद्धरुमा जोड्ले बताउन भनेर सोधेका थिए । जसमा अल्गोरिदमले त्यसलाई पत्ता लगाउँदै ७५ प्रतिशत समयको बारेमा थियो भने उनीहरुले छनौट गरेका प्रश्नहरु ६१ प्रतिशत समयको थियो ।

ती बिरामीहरु एलिप्सी नामक रोगको उपचारका बिरामीहरु थिए जसको मस्तिष्कमा इलेक्ट्रोड इम्प्लान्ट गरेर अनुसन्धान गर्दै आईएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार यो प्रविधि ती बिरामीहरुको लागी फाइदाजनक हुनेछ जो मस्तिष्घातको कारणले बोल्न सक्दैनन् । उनीहरुको लागि भविश्यमा कम्यूनिकेसन डिभाइस बनाउन सकिनेछ ।

फेसबुकका एआर भीआर भाइस प्रेसिडेन्ट एन्ड्रू बोसवर्थले ट्वीट गर्दै भने अहिले हामीले नन इनभेसिभ वेयरेबल डिभाइसमा काम गरिरहेका छौ र त्यसको अपडेट शेयर गरीरहेका छौं । यो यस्तो डिभाइस हो जसले तपाईँले के सोचिरहनुभएको छ भन्ने पत्ता लगाउँछ । हाम्रो प्रोग्रेसले भविश्यमा एआर ग्लासका साथमा कसरी अन्तरक्रिया गर्न सकिन्छ भनेर देखाउँछ ।

फेसबुककाअनुसार यो प्रविधि अहिले उपभोक्ताहरुका लागि आउने छैन् । किनकी रिडिंग टेक्नोलोजी प्रारम्भिक चरणमा नै छ तर केहि अगाडि बढेको छ ।

अन्तत अनुसन्धानकर्ताहरुले रियल टाइमको डिकोडिंग गति १०० शब्द प्रति मिनेटमा पुग्ने अपेक्षा गरेका छन, जसमा १००० शब्दको भोक्याब्लरी र गलत शब्दको दर १७ प्रतिशत भन्दा कम हुनेछ, फेसबुकले ब्लगमा लेखेको छ ।

यसैबिच एलन मस्कको न्यूरालिंक कम्पनीले पनि अमेरिकी नियामक निकायहरु समक्ष अनुमतिको लागि आवेदन गरेको छ, जसमा आफ्नै ब्रेन ह्याकिंग डिभाइस मानिसहरुमा परीक्षण शुरु गर्ने भनिएको छ ।

केहि वैज्ञानिकहरुले भने यस्तो परीक्षणलाई रोकिनुपर्ने बताएका छन् । एजेन्सी

प्रकाशित: १५ श्रावण २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...