काठमाडौं ।
अमेरिकी अधिकारीहरुले विद्यालयका सहपाठीमाथी सम्भावित आक्रमणबारे च्याटजीपीटीमा गरिएको कुराकानीका विषयमा चेतावनी दिएपछि अर्जेन्टिनाको संघीय प्रहरीले ब्युनस आयर्समा बस्ने एक किशोरलाई प्रकाउ गरेका छन्।
ब्युनस आयर्स हेराल्डका अनुसार अर्जेन्टिनास्थित अमेरिकी दूतावासको एफबीआई कार्यलयबाट सूचना प्राप्त भएपछि अगस्ट १९ मा अनुसन्धान सुरु गरेको थियो।
अधिकारीहरुका अनुसार ती किशोरले सन् २०२७ मा विद्यालयमा हुन सक्ने आक्रमणका विषयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटर्फम सँग कुराकानि गरेका थिए।
उक्त मुद्दा क्यूल्मेस जुभेनाइल क्रिमिनल प्रोसिक्युटर कार्यलयमा पठाएको थियो। चेतावनी प्राप्त भएको २ दिन पछि प्रहरीले किशोरको अपार्टमेन्टमा खानतलासी गरेको थियो। प्रहरिले फोनलगायत अन्य सामान बरामद गरेको छ। बरामद गरेको उक्त सामानको परिक्षण गरिने भएको छ।
किशोरमाथि सार्बजनिक त्रास फैलाउने अपराधमा मुद्दा चलाइएको छ। उनलाई जुभेनाइल क्रिमिनल प्रोसिक्युटर कार्यलयमा उपस्थित हुन बोलाएको छ।
रिर्पोटका अनुसार, त्यस समयसम्म किशोर वा उनका अभिभावकले उक्त घटनासम्बन्धी कुनै प्रमाण प्रस्तुत गरेका थिएनन्।
स्थानीय अभियोजन कार्यालयका अनुसार धम्की तथा सार्वजनिक त्रास फैलाउने खालका घटनाहरु बढ्दै गएका छन्। यसका कारण अधिकारिहरुले अनुसन्धान र जाँच प्रक्रिया अघि बढाएका छन्।
टेलिग्राफका अनुसार उक्त घटनाको अनुसन्धान भइरहेको छ।
प्रकाशित: १ आश्विन २०८३, बिहीबार