अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स बिच सम्झौता पत्रमा हस्ताक्षर

  • Technology Khabar | ९ श्रावण २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले आइसिएफसि फाइनान्स लिमिटेडबिच सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा पाउने भएका छन् ।

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार