सीटीईभीटीले स्थगित गर्यो डिप्लोमा तथा प्रमाणपत्र तहका परीक्षा

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
सीटीईभीटीले स्थगित गर्यो डिप्लोमा तथा प्रमाणपत्र तहका परीक्षा

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहका नियमित तथा आंशिक परीक्षा स्थगित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले विशेष परिस्थितिका कारण देशभर सञ्चालन हुने वार्षिक तथा सेमेष्टर प्रणालीका परीक्षा स्थगित गरिएको जनाएको हो।

यसअघि प्रकाशित परीक्षा तालिकाअनुसार २०८३ भदौ २३ गते बिहान ७ बजेदेखि तोकिएका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने भनिएको थियो। तर, २०८३ भदौ २२ गते जारी सूचनामार्फत उक्त परीक्षा स्थगित गरिएको हो।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनसम्बन्धी नयाँ परीक्षा तालिका र परीक्षा केन्द्रबारे पछि सूचना प्रकाशित गरिने जनाएको छ।

परीक्षासम्बन्धी सूचना सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ।

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार