इसेवा, नेटटीभी र हिमालय टेलिभिजनले पाए एनपीएलको तेस्रो संस्करणका लागि मिडिया र टिकटिङ अधिकार

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
इसेवा, नेटटीभी र हिमालय टेलिभिजनले पाए एनपीएलको तेस्रो संस्करणका लागि मिडिया र टिकटिङ अधिकार
फाइल तस्बिर

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार प्रदान गरेको छ। क्यानले बोलपत्र तथा खरिद प्रक्रिया पूरा गरी सफल अधिकार पाएका कम्पनीहरूको घोषणा गरेको हो।

क्यानका अनुसार एनपीएलको तेस्रो संस्करणका लागि ओटीटी अधिकार नेटटीभी प्रालिले पाएको छ। नेटटीभीले यसका लागि १८ करोड ४ लाख रुपैयाँ तिर्ने भएको छ।

त्यस्तै, लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले पाएको छ। हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा उक्त अधिकार प्राप्त गरेको क्यानले जनाएको छ।

टिकटिङ अधिकार भने इसेवा लिमिटेडले पाएको छ। इसेवाले ८५ लाख रुपैयाँ तिर्ने भएको छ। साथै, सहमति भएका व्यावसायिक सर्तअनुसार टिकटिङबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछ।

क्यानले एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन अधिकार प्राप्त नेटटीभी, हिमालय टेलिभिजन तथा इसेवासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार