अनर एक्स७ई एक्टिभ एयरबड्स सहित अनर एक्स७ई नेपालमा सार्वजनिक

  • Technology Khabar | २३ भाद्र २०८३, मंगलवार
अनर एक्स७ई एक्टिभ एयरबड्स सहित अनर एक्स७ई नेपालमा सार्वजनिक

काठमाडौं ।

चिनियाँ कम्पनी अनरले आकर्षक डिजाइन, इमर्सिभ भ्यूइङ अनुभव र लामो समयसम्म टिक्ने ब्याट्री लाइफ प्रदान गर्ने नयाँ अनर एक्स७ई नेपालमा सार्वजनिक गरेको छ।

स्टाइलिश, शक्तिशाली र लामो समयसम्म साथ दिने गरी तयार गरिएको अनर एक्स७ई भरपर्दो ब्याट्री लाइफ, स्मूथ मनोरञ्जन र उत्कृष्ट फोटोग्राफी अनुभव चाहने प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्टफोन भएको कम्पनीको दाबी छ।

स्मूथ र इमर्सिभ अनुभवका लागि अनर एक्स७ई मा ६.६१ इन्चको १२० हर्ज डिस्प्ले रहेको छ जसले स्क्रोलिङलाई फ्लुइड, टचलाई रेस्पोन्सिभ र भ्यूइङ अनुभवलाई अझ रमाइलो बनाउँछ।

अनर एक्स७ई मा ४५ वाट फास्ट चार्जिङसहितको लामो समयसम्म टिक्ने ७ हजार ५०० मिलियम्प आवर ब्याट्री छ।

फोटोग्राफी मन पराउने प्रयोगकर्ताका लागि अनर एक्स७ई मा ५० एमपी एआई अल्ट्रा किल्यर मेन क्यामरा रहेको छ जसले स्पष्ट, डिटेलयुक्त र जीवन्त तस्बिरहरू खिच्न मद्दत गर्छ।

कम्पनीका अनुसार अनर एक्स७ई मा ६जीबि र्याम र २५६ जीबी स्टोरेज रहेको छ। जसले फोटो, भिडियो, एप्स तथा अन्य फाइलहरूका लागि पर्याप्त स्टोरेज उपलब्ध गराउँछ र दैनिक प्रयोगमा सहज अनुभव प्रदान गर्छ।

यो डिभाइस सनराइज अरेन्ज र मिडनाइट ब्याल्क गरी दुई कलर अप्सनमा उपलब्ध रहेको छ।

लन्चको अवसरमा अनरले विशेष सीमित अवधिको अफर पनि ल्याएको छ। जसअन्तर्गत भदौ ३० गतेसम्म अनर एक्स७ई खरिद गर्ने प्रत्येक ग्राहकले अनर एक्स७ई एक्टिभ एयरबड्स निःशुल्क प्राप्त गर्नेछन्।

६जीबी र्याम र २५६ जीबी स्टोरेज भएको अनर एक्स७इ को मूल्य ३९ हजार ९९९ तोकिएको छ र यो नेपालभरका अनर स्टोरहरूमा उपलब्ध रहेको छ।

प्रकाशित: २३ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार