काठमाडौं ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेसबुक, ट्विटरलगायतका सामाजिक संजालमा हुने विज्ञापनको भुक्तानी माध्यमलाई व्यवस्थापन गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६७७ को मौद्रिक नीति सार्वजनिक गर्दै सामाजिक संजालमा हुने विज्ञापन बापतको रकमलाई व्यवस्थापन गर्ने नीति अख्तियार गरेको उल्लेख गरेको छ ।
राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले सार्वजनिक गरेको सो मौद्रिक नीतिमा भनिएको छ, ‘सामाजिक संजाल तथा अनलाइनमार्फत हुने विज्ञापनबापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्याान्वयन गरिनेछ ।’
त्यस्तै राष्ट्र बैंकले डिजिटाइजेसन र फिनटेकको उपयोगलाई बढाई विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई अभिवृद्धि गर्दै लैजाने र नगद कारोबारलाई कम गर्दै लैजाने नीति अबलम्बन गर्ने भएको छ ।
मोबाइल र इन्टरनेटमार्फत भुक्तानी सेवा बिस्तार गरी दुर्गम स्थानहरुमा वित्तीय पहुँच पुर्यान भुक्तानी सेवा प्रदायकहरुलाई प्रोत्साहन गर्नेछ भने पोइन्टअफ सेल्स मेसिनमार्फत कारोबार गर्दा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था लागू गरेको छ ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुमा क्यास डिपोजिट मेसिन राख्नुपर्ने व्यवस्था गर्ने तथा बजेटमा उल्लेख भएअनुसार वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बीजकमा उल्लेखित भ्याटको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा जम्मा हुने व्यवस्थाको लागि समन्वय गर्ने भएको छ ।
प्रकाशित: ८ श्रावण २०७६, बुधबार