साउन मसान्तमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य रुपमा बढ्दो

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
साउन मसान्तमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य रुपमा बढ्दो
क्यूआर कोड स्क्यान गर्दै। तस्वीरः फ्रिपिक डटकम

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/२०८४ को पहिलो महिना साउन मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रककमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो।

क्यूआर कोड मार्फत हुने कारोबार रकम जेठ मसान्तबाट असार मसान्तसम्मको एक महिनाको अवधिमा ५४ करोड ९ लाख बढेर समग्रमा १ खर्ब ६३ अर्ब १३ करोड १० लाख रुपैयाँ पुगेको थियो।

यो आँकडा असार मसान्तबाट साउन मसान्तसम्म आइपुग्दा २६ अर्ब ७७ करोड ५० लाख रुपैयाँले बढेर समग्रमा १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ पुगेको छ।

यसैगरी कारोबार सङ्ख्या जेठ मसान्तबाट असार मसान्तसम्मको एक महिनाको अवधिमा ४३ लाख ५६ हजार ७२० ले बढेर समग्रमा ६ करोड ३६ लाख २० हजार २०७ मा पुगेको थियो।

यो आँकडा असार मसान्त बाट साउन मसान्तसम्म आइपुग्दा ५९ लाख ६९ हजार ७७० ले बढेर समग्रमा ६ करोड ९५ लाख ८९ हजार ९७७ पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार