दुर्घटना अघि कति पटक प्रयोग हुन्छ फोन? अमेरिकन अध्ययनले देखायो चिन्ताजनक तथ्य

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
दुर्घटना अघि कति पटक प्रयोग हुन्छ फोन? अमेरिकन अध्ययनले देखायो चिन्ताजनक तथ्य

काठमाडौं ।

अमेरिकन इन्स्टिच्युट फर हाइवे सेफ्टि (आइआइएचएस) को नयाँ अनुसन्धान अनुसार दुर्घटना हुनु अघि मोबाइल फोन प्रयोग हुने घटना प्रहरी प्रतिवेदनमा उल्लेख गरिएभन्दा सात गुणा बढी रहेको देखाएको छ।

आइआइएचएसका अनुसार अनुसन्धान कर्ताहरुले प्रश्नावलि वा ड्राइभरको बयानमा मात्रै भरनपरि उनिहरुले सन् २०२१ देखि २०२४ को बीचमा अमेरिकाका चार राज्यमा भएका करिब १७ हजार सवारी दुर्घटनाका सुरक्षित ड्राइभिङ एपबाट प्राप्त टेलिमेटिक्स तथ्यांकलाई आधिकारिक प्रहरी प्रतिवेदनसँग तुलना गरेका थिए।

यी एपहरुले दुर्घटनाभन्दा केहि समय अघि फोनबाट कल गरिएको थियो कि थिएन ड्राइभरले फोन छोएको वा चलाएको थियो कि थिएन र फोनको स्क्रिन अनलक अवस्थामा छोडिएको थियो कि थिएन रेकर्ड गर्न सक्थे।

नतिजा निकै आश्चर्यजनक र चिन्ताजनक देखिएको छ। टेलिमेटिक्स तंथ्याकअनुसार एकल सवारी साधन दुर्घटना मध्ये ७ प्रतिशत र दुई सवारी साधनबीच भएका दुर्घटना मध्ये ८ प्रतिशतमा दुर्घटना हुनुभन्दा ३० सेकेन्ड भित्र फोन प्रयोग भएको पाइएको थियो। प्रहरी प्रतिवेदनमा भने यस्ता घटनामध्ये १ प्रतिशतभन्दा कम मात्रै फोन प्रयोगको उल्लेख गरेको थियो।

दुर्घटनाअघिको अन्तिम १० सेकेन्डलाई मात्र आधार बनाएर गरिएको विश्लेषणमा समेत एकल सवारीसाधन दुर्घटनाको ४ प्रतिशत र दुई सवारी साधनबीचको दुर्घटनाको ५ प्रतिशतमा फोन प्रयोग भएको तंथ्याक देखिएको थियो।

अनुसन्धानकर्ताहरुले दुर्घटनाभन्दा केहि समयअघि ड्राइभरहरुले मोबाइलको स्क्रिनमा अन्तरक्रिया गरेका सयौँ घटना पहिचान गरेका थिए। प्रहरी प्रतिवेदनमा निकै कम रेकर्ड गरिएको थियो। करिब १७ हजार दुर्घटनामध्ये प्रहरी प्रतिवेदन र डिजिटल रेकर्डमा फोन प्रयोग सम्बन्धि विवरण तीन घटनामा मात्र मेल खाएको थियो।

प्यासिभ फोन यूज अर्थात फोन सक्रिय रुपमा नचलाए पनि प्रयोगमा रहेको अवस्थालाई अनुसन्धानकर्ताहरुले चिन्ताजनक मानेकाछन्। अनलक अवस्थामा रहेको स्क्रिनमा नेभिगेसन चलिरहेको हुन सक्छ। ड्राइभरले भिडियो वा सामाजिक संजालमाका सामग्री हेरिरहेको अवस्थामा पनि हुन सक्छ।

आइआइएचएसले गरेको सर्बेक्षणमा करिब चारमध्ये एक ड्राइभरले पछिल्लो एक महिनामा कम्तीमा एक पटक सवारी चलाइरहेका बेला मोबाइल फोनमा भिडियो हेरेको स्वीकार गरेका छन्।
अनुसन्धानकर्ताका अनुसार ड्राइभरले दुई सेकेन्डबाट आखाँ हटाउँदा ठक्कर वा दुर्घटनाको नजिक पुग्ने अवस्थाको जोखिम दोब्बर हुन्छ।

यस अनुसन्धानले यी सबै दुर्घटनाको कारण फोन नै थियो भन्ने दाबी गरेको छैन। प्रतेक दुर्घटनामा गल्ती गर्ने चालक को थियो वा फोनका कारण भएको डिस्ट्रयाक्सन नै दुर्घटनाको प्रत्यक्ष कारण थियो कि थिएन भन्ने निर्धारण गर्न सम्भव थिएन।

अनुसन्धानमा देखिएको ठूलो अन्तरले दुर्घटना अघि हुने मोबाइल फोनको प्रयोगलाई आधिकारीक प्रहरी प्रतिवेदनहरुले उल्लेख्य रुपमा आकलन गरिरहेको देखाएको छ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार